+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

आईजीपी विवादबारे पूर्ण इजलासमा सुनुवाई हुने

कार्यसम्पादन मूल्यांकन २४ घन्टाभित्र बुझाउन आदेश

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३ गते १५:३८
जयबहादुर चन्द

३ चैत, काठमाडौं । डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा गरेको बढुवाबारे सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ ।

बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले पूर्ण इजलासमा सुनुवाई गर्ने निर्णय गरेको हो ।

पूर्ण इजलासमा सुनुवाईका लागि ६ गते तोकिएको छ ।

कार्यसम्पादन मूल्यांकन बुझाउन आदेश

बहसका क्रममा महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले अन्तरिम आदेश हुँदा पनि न्यायाधीश तेजबहादुर केसीले नै हेरेको भन्दै अहिले पनि हेर्न नमिल्ने तर्क गरेका थिए ।

सर्वोच्चले गृह मन्त्रालय, लोकसेवा आयोग र प्रहरी प्रधान कार्यालयलाई डीआईजीहरुको कार्यसम्पादन मूल्यांकन २४ घन्टाभित्र बुझाउन आदेश पनि दिएको छ ।

सरकारले गत फागुन १ गते जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो  । त्यसविरूद्ध अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए । सरकारले डीआईजी चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेकै दिन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?