+
+

आईजीपी विवादबारे पूर्ण इजलासमा सुनुवाई हुने

कार्यसम्पादन मूल्यांकन २४ घन्टाभित्र बुझाउन आदेश

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३ गते १५:३८
जयबहादुर चन्द

३ चैत, काठमाडौं । डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा गरेको बढुवाबारे सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ ।

बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले पूर्ण इजलासमा सुनुवाई गर्ने निर्णय गरेको हो ।

पूर्ण इजलासमा सुनुवाईका लागि ६ गते तोकिएको छ ।

कार्यसम्पादन मूल्यांकन बुझाउन आदेश

बहसका क्रममा महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले अन्तरिम आदेश हुँदा पनि न्यायाधीश तेजबहादुर केसीले नै हेरेको भन्दै अहिले पनि हेर्न नमिल्ने तर्क गरेका थिए ।

सर्वोच्चले गृह मन्त्रालय, लोकसेवा आयोग र प्रहरी प्रधान कार्यालयलाई डीआईजीहरुको कार्यसम्पादन मूल्यांकन २४ घन्टाभित्र बुझाउन आदेश पनि दिएको छ ।

सरकारले गत फागुन १ गते जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो  । त्यसविरूद्ध अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए । सरकारले डीआईजी चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेकै दिन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?