Comments Add Comment

स्थानीय तहमा कर्मचारीको प्रमुख अझै तोकिएन

३ चैत, काठमाडौं । निर्वाचन आयोगले दिएको समयसीमाभित्र सरकारले स्थानीय तहमा कर्मचारीको प्रमुख तोक्न सकेन ।

आयोगले बिहीबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन भनेको थियो । तर, स्थानीय विकास मन्त्रालयले समयमा नै यो काम गर्न सकेन ।

मन्त्रालयले यसबारे गृहकार्यर् गर्न सहसचिको नेतृत्वमा कार्यदल नै गठन गरेको थियो, जसले आफ्नो काम सकेको छ । तर, उपप्रधान तथा स्थानीयविकासमन्त्री कमल थापाको दबावमा यसमा पुनराबलोकनको तयारी भइरहेको दाबी स्रोतको छ ।

मन्त्री थापाका स्वकीय सचिव राजाराम बर्तौलाले भने यो आरोप अस्वीकार गरेबका छन् ।

सरकारले नगरपालिकामा उपसचिव र गाउँपालिकामा अधिकृतको नेतृत्वमा कार्मचारी खटाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment