Comments Add Comment

राधि विद्युतले १० करोडको सेयर जारी गर्ने, पायो बोर्डबाट अनुमति


४ चैत, काठमाडौं ।  राधि विद्युत्  कम्पनीले १० करोड रुपैयाँको सेयर जारी गर्दैछ । कम्पनीले पहिलो चरणमा स्थानीय प्रभावीत बासिन्दाका लागि ४ लाख १० हजार कित्ता सेयर जारी गर्ने गरि धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधरणको लागि ६ लाख १५ हजार कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीको सेयरलाई ईक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औषत रहेको संकेत गर्दछ । कम्पनीले आईपिओ जारी गरेर उठाउने पैसा यस सम्बद्ध अन्य नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको हो । कम्पनीले १० दशमलव ३ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र ११ मेगावाटको खारे हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा लगानी गर्ने भएको हो ।

हाल लम्जुङ जिल्लाको राधी खोलामा संचालन रहेको आयोजनाबाट ४ दशमलव ४ मेगावाट विद्युत् उत्पादन भईरहेको छ । ७० प्रतिशत कर्जा र ३० प्रतिशत सेयर लगानीबाट संचालन भएको यो आयोजनाको निर्माण लागत ६१ करोड ३० लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment