Comments Add Comment

चैत्रमा तीज गीत गाउदै सुनिता


तीज आउन अmझै पाँच महिना बाँकी छ । काठमाण्डौका कुनै पनि रेकडिङ स्टुडियोमा नयाँ तीजको गीत रेकडिङ भएको छैन । न त रेडियो टिभीमा नै बज्छ । तर, सुदुर र मध्यपश्चिमका गाउँमा अहिले तीजको गीतमा कम्मर मर्काएर स्थानिय नाचिरहेका छन् । त्यसरि कम्मर मर्काउन वाध्य पारेकी छिन् गायिका सुनिता दुलालले ।

युनिलिभरले आयोजना गरेको सुपरस्टार धमाकाका लागि सुदुर र मध्यपश्चिम पुगेकी सुनिताले बेलै नआई तीजको गीत सुनाइन् । ‘मैले त तीजको गीत गाउँदिन भनेकी थिएँ, तर, दर्शकले पटक पटक कर गरेपछि गाउँन वाध्य भएँ ।’ अनलाइनखबरसँग कुरा गर्दै सुनिताले भनिन् ।

झम्के फुली, रोईला र दोहोरी गीत गाउँने तयारी गरेर सुदुरपश्चिमका गाउँमा पुगेकी सुनिताको तीज गीत गाउने कुनै योजना थिएन । उनका गीत सुनेपछि दर्शक कराउँथे । तीजको गीत पनि सुन्न पाउनु प¥यो ।

कतिपय कार्यक्रममा त उनले स्टेजवाटै भनिन् पनि–‘म तीजको गीत गाउन फेरि आउँछु ।’ दर्शकले एकै स्वरमा भने ‘हुन्न हामी अहिल्यै सुन्छौ ।’ दर्शकहरुको जोडदार आग्रहपछि नाई भन्न नसकेको सुनिताको भनाई छ ।

दर्शकलाई गीत संगीत सुनाएर मनोरञ्जन दिनुको साथै खाना र आफुले प्रयोग गर्ने सामग्रीको गुणस्तरबारे पनि जानकारी दिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment