Comments Add Comment

काजोलको नाम सुन्नासाथ बुरुक्क उफ्रे करण जौहर

एक समय काजोल बिना फिल्म बनाउने कल्पनासम्म गर्दैनथे करण जौहर । उनी काजोललाई आफ्नो लागि लक्की मान्थे । काजोलले पनि करणसँगको मित्रतामा न्याय गर्न उनका सबै फिल्ममा सानो वा ठूलो भूमिकामा आफूलाई उपस्थित गराइन् ।

तर अहिले समय बदिलिइसकेको छ । करण र काजोल एक-अर्काबाट टाढिएका मात्र छैनन् उनीहरु एक-अर्काको अनुहार हेर्न समेत चाहँदैनन् । करणले आफ्नो अटोबायोग्राफी ‘एन अनसुटेबल ब्वाइ’ मा काजोलसँग आफ्नो सम्वन्ध बिगि्रनुको कारण खोतलेका छन् ।

यसैबीच हालै एक टेलिभिजन शोमा काजोलको नाम सुन्नासाथै करण बुरुक्क उफ्रेका छन् । टीभी शो ‘दिल है हिन्दुस्तानी’ मा करण जौखर जज बनेका छन् ।

उक्त शोमा उनी निकै खुलस्तरुपमा प्रस्तुत हुन्छन् । शोमा हालै सेलिबि्रटी गेस्टका रुपमा काजोललाई ल्याउने चर्चा चलेको थियो । यसको खबर करणको कानमा पर्‍यो । काजोलको नाम सुन्नासाथ उनी भडि्कए । सूत्रका अनुसार उनले भनिदिए कि काजोल र उनी एउटै छतमुनि कहिल्यै बस्न सक्दैनन् ।

यदि काजोललाई बोलाइयो भने उनी त्यो एपिसोडको सुटिङ नै गर्ने छैनन् । यतिसम्म कि उनले शो नै छाडिदिनेसम्मको धम्की दिए । करणको यस्तो प्रतिक्रियापछि कार्यक्रम निर्माताले काजोललाई ल्याउने सोच त्यागिदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment