
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले भेटवार्ता गरेका छन् ।
ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा भेटवार्ता भएको हो ।
प्रचण्डको सचिवालयले भेटवार्ताको तस्वीर सार्वजनिक गरेको छ । तर, भेटवार्ताको विवरण खुलाएको छैन ।
कोश्यारी नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)का भारततर्फका संयोजक हुन् । एक धार्मिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन् ।
यसअघि भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आउँदा प्रचण्डलगायत विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4