सोमबार, ९ असोज, २०७४
OnlineKhabar.com

रावणले मन्दोदरीलाई बताएका थिए ‘नारीका ८ अवगुण’

अनलाइनखबर

धर्मशास्त्रले रावणलाई खराब व्यक्तिको रुपमा चित्रण गरेको छ । उनले सीतालाई हरण गरेका थिए । यद्यपि धेरैलाई थाहा नहुन सक्छ, रावण महापण्डित थिए । उनले कठोर तपस्यापछि गहिरो ज्ञान आर्जन गरेका थिए ।

रावणकी एक पत्नी थिइन्, मन्दोदरी । रावणले आफ्नी पत्नीलाई असाध्य प्रेम गर्थे । जब सीतालाई अपहरण गरेको बखत रामले हनुमानलाई सेनासहित लङ्कामा पठाए, तब मन्दोदरीले सम्भावित युद्धलाई रोक्न भनिन् । उनले सीतालाई फिर्ता गर्नु र युद्ध नगर्नु भनेर रावणलाई क्षमा समेत माग्न लगाइन् ।

यो सुनेपछि रावणले पत्नीलाई महिलाका आठ अवगुण सुनाए । के थिए त ती आठ अवगुण ?

पहिलो अवगुण

पहिलो अवगुण हो, महिला धेरै साहसी हुनु । कहिलेकाहीँ महिलाहरु आफ्नो साहस प्रदर्शन गर्छन्, जो आवश्यक हुँदैन । यस किसिमको साहसले परिवारलाई पश्चातापमा पार्छ । साहसलाई दुस्साहस बनाउन हुन्न ।

दोस्रो अवगुण

दोस्रो अवगुण हो, निरन्तर झुट बोल्ने बानी । रावणले भनेका थिए, महिला पटक-पटक झुट बोल्छन् । यद्यपि यस्तो झुट धेरै समय टिक्दैन ।

तेस्रो अवगुण

धेरै चञ्चल हुनु । मन बदलिरहनु । यस्तो महिलाको मन बुझ्न गाह्रो हुन्छ ।

चौथो अवगुण

आफ्नो काम पूरा गर्नका लागि जस्तोसुकै काम गर्न तयार हुनु पनि महिलाको अवगुण हो ।

पाँचौ अवगुण

छिटै हतोत्साही हुनु वा कायर हुनु पनि महिलाको अवगुण हो ।

छैठौं अवगुण

कुनैपनि कुरा नसोची निर्णय लिनु पनि महिलाको अवगुण हो । यसले उनीहरुलाई निकै समस्यामा समेत पार्छ ।

सातौ अवगुण

यदि कुनै महिलामा दयाभाव छैन भने त्यो उसको दुर्गुण हो । महिलाहरु निर्दयी हुनुहुन्न ।

आठौ अवगुण

जतिसुकै सुन्दर भए पनि, जतिसुकै राम्रो श्रृंगार गरे पनि सरसफाइमा ध्यान नदिनु महिलाको अवगुण हो ।

२०७३ चैत ७ गते २०:१३ मा प्रकाशित (२०७३ चैत ८ गते १३:४२मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

८ प्रतिकृयाहरू प्राप्त
  • महिला लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ६:३७

    पुरुषका आठ अवगुणहरु
    1. झुट बोल्नेः यो सर्वमान्य सत्य कुरा हो कि, पुरुषहरु धेरै झुट बोल्छन् । यद्यपी यस्ता झुट धेरै समय टिक्दैन ।

    2. परस्त्रीसँग लुकीछिपि यौन सम्बन्ध राख्नु । अधिकांश पुरुषहरु घरमा श्रीमती भएतापनि परस्त्रीसँग सम्बन्ध गाँसेका हुन्छन् । अचम्मको कुरा अर्को के छ भने, उनीहरु एउटामात्र हैन सकेसम्म धेरैसँग यस्तो मर्यादाहिन सम्बन्ध राख्छन् ।

    3. लागुपदार्थ तथा लागुऔषधको कुलतमा फस्नु । विभिन्न तथांकबाट पनि प्रमाणित भएको कुरा हो कि पुरुषहरु अधिकतम लागुपदार्थ सेवनमा फस्ने र विग्रने गर्दछन् ।

    4. लुच्चा, फटाह, चोरडकैतीमा अग्रसर । पुरुषहरु चोर काममा, डकैतीमा सधै अगाडी हुन्छन् । यस्तो काम गर्नु उनीहरुको सामान्य प्रकृति नै बनिसकेको छ । जसकारण, भ्रष्टाचारको मात्रा बढेको पनि हामीलाई थाहा नै छ ।

    5. पातकी स्वभाव । यो कुरा माथिको परस्त्रीसँग पनि सम्बन्धित छ । पुरुषहरु यौनसम्बन्धको मामलामा बच्चा तथा पारिवारिक साईनो सम्बन्ध हेर्दैनन् । यस्तो व्यवहारको कारण नै समाजमा अपहरण तथा बलात्कारको विकृति फैलिएको हो ।

    6. निकै स्वार्थी हुनु । पुरुषहरुमा सहयोगको भावना महिलाको दाजोमा निकै कम हुन्छ । उसको हरेक काममा स्वार्थ लुकेको हुन्छ । उदाहरणको लागि, कुनै एक रोगी असक्त बृद्धलाई वीत्तिय सहयोग गर्दछ, तर त्यो सहयोग आफ्नो व्यक्तिगत चर्चा कमाउनको लागि मात्र हुने गर्दछ । यस्तो वीकृति विशेषगरी राजनीतिक तथा सामाजिक कार्यमा संलग्न व्यक्तिहरुमा देख्न सकिन्छ ।

    7. आफ्नो काम तथ इच्छा पुरा गर्न मान्छे मार्नेदेखि बलात्कार र चोरीडकैती जस्ता जुनकुकै हदसम्म जानु ।

    8. झुठो मायाजालमा फसाउनु । पुरुषहरु महिलाको दयालु स्वभावको फाईदा उठाएर प्रेमको नाटक गर्छन् । यसरी फसाएर पैसा लिने तथा बेश्यालयमा बेच्ने काम समेत गर्न हिचकिचाउँदैनन्, जुन समाजको निकै नराम्रो विकृति हो ।

    यी उल्लेखित अवगुणहरु त्यस्ता व्यक्तिमा लागु हुन्छ जो यस्ता छन् । जो यस्ता छैनन्, कृपया नराम्रो मान्नु पर्ने आवश्यकता छैन ।

    25
    2
    Share

  • Bir Bikram लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ६:५५

    Funny 😀😀😀
    Above equally apply to Men as well.

    4
    0
    Share

  • राज धिताल लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १३:५४

    सहि कुरा ।

    1
    1
    Share

  • Soniya Malla लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १५:०५

    Ramro Chha

    1
    1
    Share

  • dipak pun लेख्नुहुन्छ    |   २०७३ चैत १० गते ११:४४

    dubai bara bari kaslai k bhannu

    1
    1
    Share

  • agni lama लेख्नुहुन्छ    |   २०७३ चैत १२ गते २२:००

    there are merits and demerits with all of us so I think don’t waste our time talking about such nonsense matter. so both are good and bad.

    0
    1
    Share

  • KP Pokhrel लेख्नुहुन्छ    |   २०७३ चैत १३ गते ९:५३

    Ramro lagyo ….. Dubai….ka awagudharu…!!!

    1
    1
    Share

  • kiran लेख्नुहुन्छ    |   २०७४ वैशाख ७ गते १६:४२

    Yi sabai kali yug ka manis ka abgun hun, Mahila wa purus…, dherai jaso.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया