चलचित्र ‘यो साइनो मायाको’बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका हुन्, रेश्मा घिमिरे । रेश्मा चलचित्रसँगै नर्सिङ पेशामा पनि आवद्ध छिन् । चलचित्रमा काम गर्दा फरक अनुभुती भएको बताउने रेश्माको संभावना राम्रो रहेको उनी अभिनित चलचित्र हेर्ने दर्शक बताउँछन् ।
चैत्र ४ गतेबाट रिलिज भएको यो चलचित्रको व्यापार सामान्य छ । रेश्मा आफू चलचित्र क्षेत्रमै लागेर स्टार बन्ने सोच राख्छिन् । नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्ने सयौ सुन्दरीमध्ये केहिको मात्र भाग्य चम्किएको छ । यस्तो, अवस्थामा रेश्मालाई चलेका ब्यानर र चलेका कलाकारसँग काम गर्ने अवसर मिल्छ या मिल्दैन, भोलीका दिनमा थाहा हुनेछ ।
तस्विरः श्रीधर पाैडेल
रेश्मासँग गरिएको ‘फ्रेस फेस’को कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4