
खुला ठाँउमा त चर्को गर्मी झेल्नैपर्छ । घरमा प्रवेश गर्दा पनि गर्मीले उकुस मुकुस हुनुपर्दा दिक्क लाग्छ । यसले शरीरमा आलस्यता समेत पैदा गर्छ । त्यसैले गर्मी सिजनमा घरलाई सितल तुल्याउनुपर्छ । तर, कसरी ?
– झ्याल, ढोका खुला राख्नुपर्छ, यद्यपी साँझको समयमा भने बन्द गर्नु पर्छ । किनभने यो समयमा मच्छड छिर्न सक्छ ।
– झ्यालको पर्दा पातलो, पारदर्शी हुनुपर्छ । उज्यालो रंगको पर्दा उपयोगी हुन्छ । बेड कभर पनि सकेसम्म उज्यालो रंगको भए राम्रो ।
– कोठामा अनावश्यक सामग्री धेरै राख्नु हुँदैन । सकेसम्म खुला हुनुपर्छ । एकै ठाँउमा धेरै सामग्री राख्दा पनि त्यसले गर्मी पैदा गर्छ ।
– इनडोर प्लान्टले कोठको शोभा मात्र बढाउँदैन, सितलता समेत प्रदान गर्छ । झट्ट हेर्दा पनि सितल अनुभव हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4