Comments Add Comment

अनु र म बाथरुममा सँगै नुहाउँछौं : नीता ढुंगाना

'अनमोलले साम्राज्ञीसँग, प्रियंकाले दीपकराजसँग बिहे गर्दा जोडी सुहाउँछ'


नायिका नीता ढुंगाना खुलेर कुरा गर्न र मनका कुरा निर्धक्क भन्न माहिर छिन् भन्ने कुरा, तपाइले हामीसँग उनले गरेको ‘मस्ती टक’को पुरा भिडियो हेर्दा थाहा पाउनुहुनेछ ।

अनलाइनखबरको रमाइलो टक शो ‘मस्ती टक’मा कुरा गर्दै नीताले आफ्नो व्यक्तिगतदेखि व्यवसायिक कुरा खोलिन् । नीताका अनुसार डेढ बर्ष अगाडिसम्म उनी निकै डराउने गर्थिन् । सानो-सानो कुरामा असफल हुँदा पनि डराउने, रुने उनको बानी थियो । तर, अहिले उनको मनबाट डर हटेको छ । उनी, अहिले निडर बनेकी छिन् ।

नीतासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

नीता र उनका प्रेमी आमेष भण्डारीको केहि समय अगाडि मात्र ब्रेकअप भयो । यसको कारण खोल्दै नीताले भनिन्-‘प्रेम धेरै देखियो भने पनि नटिक्ने रहेछ । हाम्रो पनि धेरै शो भयो । प्रेम, ठिक्क मात्र गरेको खण्डमा टिक्छ भन्ने लाग्यो । हामीले झगडा गरेर अलग हुने निर्णय गरेका होइनौ ।’

नीताले अभिनय गरेको चलचित्र ‘निर्भय’ चैत्र ११ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा नीताले आफू निडर श्रीमतीको भूमिकामा देखिएको बताइन् । सहकर्मी नायक निखिल उप्रेतीलाई नृत्यमा सुधार गर्न उनले सुझाव दिइन् ।

‘मस्ती टक’मा नीताले केहि कलाकारको जोडी समेत कसिदिइन् । तपाइलाई नायिका प्रियंका कार्कीले कोसँग बिहे गर्दा हुन्छ जस्तो लाग्छ भन्ने प्रश्नमा उनले भनिन्-‘मलाई त दीपकराज गिरीसँग उहाँको सुहाउँछ जस्तो लाग्छ । छक्का पन्जामा पनि उहाँहरुको जोडी जम्यो ।’

उनले, नायिका अनु शाहसँग आफू बाथरुममा सँगै नुहाउने गरेको समेत खुलाइन् । नीताले भनिन्-‘ठूली भएपछि म अनुसँग बाथरुममा सँगै नुहाएकी छु ।’ उनले विदेश कार्यक्रममा पुग्दा, होटलको मञ्जन, ब्रस, कफिको प्याकेट चोरेको समेत खुलाइन् ।

नीताले ‘मस्ती टक’मा निकै रमाइलो कुराहरु खुलाएकी छिन् । जसका लागि तपाइले पुरा भिडियो हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment