Comments Add Comment

सेवा विस्तार गर्दै स्मार्ट टेलिकम

१० चैत, काठमाडाैं । दूरसञ्चार बजारमा अर्को प्रतिस्पर्धीका रुपमा हेरिएको स्मार्ट टेलिकमले पछिल्लो दूरसञ्चार प्रविधिसमेतको जडान र प्रयोगको तयारी गरिरहेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रविधि प्रयोगका लागि परिक्षणको काम स्मार्टले सम्पन्न गरेको छ ।

केहि महिनाभित्रै आफ्नो सेवालाई विशेष कार्यक्रमबीच ग्राहकसामु पुर्‍याउने तयारी गरिरहेको स्मार्टका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले बताए ।

बजारमा ग्राहकलाई सेवा दिइरहेको पहिलो र दोस्रो सेवा प्रदायक सँग अब स्मार्टले पनि सेवा बिस्तार गर्दा ग्राहकहरुलाई भने अर्को एउटा विश्वासिलो दुरसञ्चार सेवा उपलब्ध हुनेछ ।

अहिले पनि ग्राहक संख्याको आधारमा स्मार्ट तेश्रो स्थानमा छ । नयाँ सेवा र प्रणाली सुरु गरे लगत्तै ग्राहक संख्या कम्तिमा दोब्बर बनाउने यसको लक्ष्य छ ।

स्मार्टले दुर सञ्चार प्राधिकरणसमक्ष फोर जी सेवाका लागि अनुमती समेत मागिसकेको छ । स्मार्टले आफ्नो डाटा सेन्टर तथा अन्य ठाउँमा जडान गरेका प्रविधिसमेत फोरजीमैत्री छन् ।

अन्तराष्ट्रिय स्तरको डाटा सेन्टर समेत स्मार्टले बनाइसकेको छ । अपरेशनका लागि चाहिने सबै उपकरण र औजार आयातका लागि अनुमती लिइसकेको छ ।

यसैगरी डाटा सेन्टरमा आउन सक्ने समस्यालाई ध्यानमा राख्दै विभिन्न ठाउँमा त्यस्ता सेन्टरहरु राख्ने यसको योजनामा छ । यस टेलिकमले देशको मुख्य सहरहरु मध्य पाल्पा, स्याङ्गजा, भैरहवा, बुटबल र पोखरामा सेवा पुर्‍याइसकेको छ भने नेपालगञ्ज, विरगञ्ज, चितवन र काठमाडौंमा सेवा विस्तार गर्न आफ्नो भौतिक पूर्वाधार तयार गरिसकेको छ ।

स्मार्ट टेलिकमले सेवा प्रयोग गरे बापत ग्राहकहरुले तिर्नुपर्ने शुल्क र बिधी थप पारदर्शी बनाउने उद्देश्यले आफ्नो विलिङ्ग र कोर समेत नयाँ जडान गरिसकेको छ ।

स्मार्टले आफ्नो सेवा ग्रामिण क्षेत्रबाट सुरु गरेको हो । काठमाडौ वरीपरीका ग्रामिण क्षेत्रमा अहिलेपनि यसका प्रयोगकर्ताको संख्या उल्लेखनीय छ । स्रोतका अनुसार, स्मार्टले थप ६० लाख ग्राहकका लागि सेवादिन श्रोत साधानको ब्यवस्थापन समेत गरिसकेको छ ।

हाल सिम कार्ड तथा अन्य सेवा प्रदान गर्नका लागि १५०० च्यानल नेटवर्क समेत कृयाशिल छन् भने, भविष्यमा अरु थप च्यानल नेटवर्क विस्तार गर्ने स्मार्टले जनाएको छ ।

सन् २०१३ मा स्मार्टले यूनिफाइड लाईसेन्स पाएको थियो भने यसले सन् २००८ देखि ग्रामीण भागमा आफ्नो सेवा सुरु गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment