+
+
Shares

राष्ट्रघाती महाकाली सन्धी गर्ने केपी ओली भुईंफुट्टाः बाबुराम

करिस्माले भनिन्- नयाँ शक्तिले समृद्धिलाई मोवाइलमा देखाउँछ

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १३ गते १८:४७

१३ चैत, धनगढी । नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले महाकाली सन्धी गर्ने केही भुईंफुट्टा मानिसहरु मुलुकको एकता भाँड्न लागिपरेको भन्दै केपी ओलीतर्फ व्यंग्य गरेका छन् ।

नयाँ शक्तिको हिमाल-पहाड-तराई-मधेस अभियान अन्तर्गत आइतबार धनगढीमा आयोजित अन्तिम सभालाई सम्बोधन गर्ने क्रममा केपी ओलीप्रति लक्षित गर्दै संयोजक भट्टराईले देशको एकता भाँड्न केहि तत्व सक्रिय रहेको आरोप लगाए ।

भट्टराईले भने, ‘केही भुईंफुट्टा मानिसहरु जसले महाकाली जस्तो राष्ट्रघाती सन्धी गरे, तिनलाई प्रश्न गर्न चाहन्छु कि देशलाई एकतावद्ध गर्नेविरुद्ध बिष बमन गरेर अराजकता बढाउन खोजेको ?’

परिवर्तनविरोधीहरुले संघीयताको बिरोध गरेकोप्रति भट्टराईले भने, ‘संघीयता भनेको अलग घर बनाउने होइन, एउटै घरमा अलग कोठा बनाउने हो । अखण्ड र सार्वभौम नेपालभित्र उनीहरुको ऐतिहासिक थातथलोलाई सीमांकन गरेर बनाइने संरचना नै संघीयता हो ।’

‘जातीय क्लस्टर अनुसार ऐतिहासिक थातथलो नबिग्रने गरी संघीयता बनाउँदा के बिगि्रन्छ ?’ उनको प्रश्न थियो – ‘संघीय राज्य बनेपछि एउटै जाति बसोबास गर्ने भन्ने होइन, किन आतंक मच्चाइन्छ ?’

संयोजक भट्टराईले भारतले पनि नेपालमा शान्ति र स्थायित्व चाहेको तर्क गर्दै अनावश्यक रुपमा फैलाइएको भ्रमप्रति नडराउन आग्रह गरे ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सबैलाई समृद्ध बनाउने आफ्नो साझा सपना भएको बताएका छन् ।

संविधान घोषणापछि देशमा शान्ति छाउने र समृद्धिको यात्रामा अघि बढ्ने सपना अझै पनि कार्यान्वयन हुन नसकेकाले नयाँ शक्तिले त्यसलाई कार्यान्वयन गर्ने उद्घोष गरे ।

नेता भट्टराईले केही व्यक्तिहरुले देशका विभिन्न समुदायहरुकाबीच विभाजन ल्याएर देशमा विखण्डन ल्याउने प्रयास गरिरहेको आरोप लगाए । ‘जातीय विभेद, विद्वेष, घृणा र विखण्डनको बिउ रोप्नेहरुका विरुद्ध प्रतिक्रिया स्वरुप एउटा युवापंक्ति मधेशलाई खुलेआम टुक्र्याएर छुट्टै देश बनाउनुुपर्छ भन्दै मधेशमा अर्कोथरी विखण्डनको विउ रोपिएको छ’ उनले भने ।

‘भृकुटी, सीता र जनकलाई विभुति भन्ने तर, त्यही भूमिमा बस्ने मधेसी थारुहरुलाई विदेशी भन्न मिल्छ ?’ उनले प्रश्न गरे- ‘हामी चाहे खस आर्य, आदिवासी, जनजाति, मधेशी थारु हामी सबै नेपाली हौं ।’

सभालाई सम्बोधन गर्दै पार्टीकी सांस्कृतिक विभाग प्रमुख करिष्मा मानन्धरले देशको समृद्धिका लागि एकता आवश्यक रहेकोले त्यही सन्देश लिएर नयाँ शक्ति अगाडि बढेको बताइन् ।

‘दुनियाँको समृद्धिलाई मोवाइलबाट हेरिरहेको अवस्थामा आफ्नो देश पनि त्यस्तै होस् भन्ने चाहना आम मानिसको छ’ उनले भनिन्, ‘देशलाई त्यही तहको विकास र समृद्धिमा पुर्‍याउनु आवश्यक छ, जसको पहल नयाँ शक्तिले गर्नेछ ।’

सांसद गंगा चौधरीले आदिमकालदेखि बसोबास गर्ने थारुहरुको अधिकार सुनिश्चित गरिदेउ भन्दा जेलमा बन्दी जीवन बिताउनुपर्ने अवस्था भएकोमा दुःख व्यक्त गर्दै आफूहरुले अधिकारको कुरा गर्दा देशद्रोही र विखण्डनकारीको विल्ला लगाइएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?