Comments Add Comment

‘ए मेरो हजुर २’ छायांकनका क्रममा रोएकी थिइन् साम्राज्ञी


सर्वाधिक प्रतिक्षा गरिएको चलचित्र ‘ए मेरो हजुर २’को पहिलो गीत र पोष्टर सार्वजनिक गरिएको छ । नायिका झरना थापाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको शिर्ष गीतले अहिले युट्युबमा दर्शकको उच्च साथ पाइरहेको छ । ‘कसम हो’ बोलको यो ओएसटीमा सुगम पोख्रेलको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द, कल्याण सिंहको संगीत छ ।

नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालमा खिचिएको यो गीतलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् भने संजय लामाले खिचेका हुन् । गीतको भिडियोलाई लोकेशन, कोरियोग्राफी र खिचाइले उत्कृष्ट बनाएको छ ।

आइतबार बेलुकी काठमाण्डौको क्यूज हलमा चलचित्रको गीत सार्वजनिक गर्नुका साथै निर्देशक झरना थापाको जन्मदिन पनि सेलिव्रेशन गरिएको थियो । कार्यक्रममा, चलचित्रका मुख्य कलाकार साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत लगायतको उपस्थिती थियो ।

साथमा, नायिका रेखा थापा, रीमा विश्वकर्मा लगायतका कलाकारले झरनालाई जन्मदिनको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै नायिका साम्राज्ञीले भनिन्-‘चलचित्रको सुटिङमा निकै दुःख भयो । तर, पनि हामीले सोचेको भन्दा धेरै राम्रो चलचित्र बनेको छ । माइनस १० डीग्रीमा पनि हामीले गीत खिच्न सफल भयौ । म, बाटो संझेर कतिपय स्थानमा त रोएकी थिएँ ।’

चलचित्रका नव-नायक सलिनमान बाँनियाले ‘ए मेरो हजुर २’बाट चलचित्र क्षेत्रमा डेब्यू गर्न पाउँदा खुशी लागेको बताउँदै साम्राज्ञीले आफूलाई धेरै कुरा सिकाएको बताए ।

नायक सलोन बस्नेतले साम्राज्ञी र सलिमसँग काम गर्दा खुशी लागेको भन्दै आफूहरुले निकै मिहिनेत गरेर चलचित्र बनाएको बताए । सुनिल कुमार थापाको निर्माणमा तयार भएको यो चलचित्र भदौ १६ गतेबाट देशभरका हलमा रिलिज हुनेछ । सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र बनेको हो । निर्माता सुनिलकुमार थापाले चलचित्र निर्माणमा निकै मिहिनेत गर्ने सबै कलाकारलाई धन्यवाद दिदै चलचित्र नै बनाउँदिन भनेर बसेको मान्छे निर्माणमा फर्किएको बताए ।
चलचित्रकी निर्देशक झरना थापाले आफूले २ दशकदेखि हासिल गरेको अनुभवलाई चलचित्र निर्देशनमा उतारेको बताइन् । स्वर्गिय शिव रेग्मीको निर्देशनमा आज भन्दा करिब १५ बर्ष अगाडि निर्माण भएको चलचित्र ‘ए मेरो हजुर’मा श्रीकृष्ण श्रेष्ठ र झरनाको जोडी देखिएको थियो । यो चलचित्र सर्वाधिक हिट भएको थियो । सोहि, पदचापलाई समात्दै नयाँ पुस्तासँग ‘ए मेरो हजुर २’ बनाएको झरनाको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment