Comments Add Comment

विश्वकप छनाैटः मेस्सीको अनुपस्थितिमा अर्जेन्टिना बोलिभियासँग हार्‍यो

शीर्ष स्थानमा ब्राजिललाई ९ अंकको अग्रता

१६ चैत, काठमाडौं । सन् २०१८ मा हुने विश्वकप फुटबलको दक्षिण एशियाली छनौट अन्तर्गत बोलिभियाबिरुद्धको खेलमा अर्जेन्टिनाले २-० को पराजय ब्यहोरेको छ ।

सुपरस्टार स्ट्राइकर लिओनल मेस्सी फिफाद्वारा चार खेलको प्रतिबन्धमा परेगलत्तै भएको खेलमा बोलिभियाले घरेलु मैदानमा शानदार प्रदर्शन गर्दै कोपा अमेरिकाको उपबिजेता अर्जेन्टिनालाई पराजित गर्न सफल भयो ।

बोलिभियाका लागि जुहान कार्लोस अर्सले ३२औं मिनेटमा गोलको खाता खोलेका थिए । ५२औं मिनेटमा मार्सेलो मार्टिन्सले अग्रता दोब्बर बनाउँदा अर्जेन्टिनाले खेलमा गोल गर्न सकेन ।

गत साता भएको चिलीबिरुद्धको खेलमा लाइन्सम्यानबिरुघ अभद्र व्यवहार गरेको आरोप प्रमाणित गर्दै फिफाले लिओनल मेस्सीलाई बोलिभियासँगको खेल सुरु हुनु केहि समयअघिमात्र ४ खेलको प्रतिबन्ध लगाएको थियो ।

हारसँगै अर्जेन्टिना विश्वकप दक्षिण अमेरिकी छनौटको पाचौं स्थानमा झरेको छ । अर्जेन्टिनाको २२ अंक छ ।

ब्राजिललाई शीर्ष स्थानमा ९ अंकको अग्रता

आजै भएको खेलमा पाराग्वेलाई ३-० ले हराउँदै ब्राजिलले छनौट तालिकाको शीर्ष स्थान ९ अंकको अग्रता बनाएको छ । घरेलु मैदानमा पाराग्वेबिरुद्ध फिलिप कोउटिन्हो, नेइमार र मार्सेलोले ब्राजिलका लागि गोल गरेका थिए ।

कोलम्बिया दोस्रो स्थानमा उक्लियो

अर्को खेलमा कोलम्बियाले १० खेलाडीमा सीमित इक्वेडरलाई २-० ले हराउँदै छनौट अंकतालिकाको दोस्रो स्थानमा उक्लियो । तालिकामा कोलम्बियाको २४अंक भएको छ ।

उसका लागि जेम्स रोडि्रगुइज र जुहान कोउड्राडोले गोल गरेका थिए । ६१औं मिनेटमा डिफेण्डर साइसेडो दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिएपछि इक्वेडर १० खेलाडीमा समेटिएको थियो ।

अंकतालिकाको चौथो स्थानमा उक्लने क्रममा चिलीले भेनेजुयलालाई ३-१ ले पराजित गरेको छ । चिलीको जितमा स्टेबान पारेडेजले २ तथा एलेक्सिस सान्चेसले १ गोल गरे । भेनेजुयलाका लागि सेलोमन रोण्डोनले एक गोल फर्काए । जितसँगै चिलीले २१ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment