Comments Add Comment

लाइसेन्स वितरणमा ५ करोडको चलखेल ! नेपालगञ्ज कार्यालय प्रमुख निलम्बनमा परे

१६ चैत, काठमाडौं । यातायात व्यवस्था कार्यालय नेपालगञ्जका प्रमुख पवन सुवेदी निलम्बनमा परेका छन् । लाइसेन्सको परीक्षामा झण्डै ५ करोडको चलखेल भएको देखिएपछि यातायात व्यवस्था मन्त्रालयले सुवेदीलाई निलम्बन गरेको हो ।

यातायात व्यवस्था कार्यालय, नेपालगञ्जले गत भदौमा लाइन्सेन्सको आवेदन खोलेको थियो, जसमा झण्डै २३ हजार सहभागी भए ।

तर, कार्यालय प्रमुख सुवेदीको नेतृत्वमा ९० प्रतिशत आवेदकको कापी नै जाँच नगरी पास गराएको खुलेको छ । यसमा करिव ५ करोडको आर्थिक चलखेल भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको मन्त्रालय स्रोतले जनाएको छ ।

सुवेदीलाई निजामति सेवा ऐन अनुसार निलम्बन गरी २४ घन्टाभित्र यातायात व्यवस्था विभागमा हाजिर हुन भनिएको छ ।

मन्त्रालयले यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत १४ जना कर्मचारीसँग पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment