+
+

हरिवंश सवार जीपलाई बसले ठक्कर दियो, आचार्य सकुशल

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १७ गते १६:४३

 

१७ चैत, काठमाडौं । रामशाह पथस्थित सर्वोच्च अदालत अगाडि वरिष्ठ कलाकार हरिवंश आचार्य सवारी गाडीलाई बसले ठक्कर दिएको छ । तर, आचार्य भने सकुशल छन् ।

पैदल यात्रुले बाटो काटेपछि आचार्यले गाडी रोकेका थिए । त्यही बेला तीव्र गतिमा आएको बसले उनी सवार गाडीलाई पछाडिबाट टक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।

आचार्यको बा १३ च १२२९ नम्बरको स्कार्पियो जीपलाई बसले ठब्बर दिँदा जीपको पछाडिको सिसा फुटेको थियो ।

दुर्घटनापछि सामाजिक सञ्जालमार्फत उनले गाडीमा सामान्य क्षति भएपनि आफू सकुशल रहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?