Comments Add Comment

लक्ष्मी बैंक सञ्चालनको १६औं वर्षमा प्रवेश


१८ चैत, काठमाडौं । लक्ष्मी बैंकलेे सञ्चालनको १५ वर्ष पुरा गरेको छ । सन् २००२ मा वीरगञ्जबाट क्षेत्रिय बैंकको रुपमा स्थापित भई सन् २००५ मा राष्ट्रिय स्तरको बैंकको रुपमा स्तरोन्नति भएको लक्ष्मी बैंकले हाल ३६ जिल्लाका ६८ शाखा तथा ८० भन्दा बढी एटिएम, इन्टरनेट तथा मोबाइल बैंकिंङ लगायत सम्पूर्ण आयामहरुमा आफ्नो सेवा विस्तार गरेको छ ।

विगत १५ वर्षमा लक्ष्मी बैंक खुद्रा, मिड मार्केट, कर्पोरेट र ट्रेजरी जस्ता व्यापारहरुमा आफ्नो पहुँच स्थापित गरेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा सबल प्रविधिमार्फत लक्ष्मी बैंकले उत्कृष्ट बैंकको रुपमा नेपालको बैकिंग क्षेत्रमा उच्च स्तर कायम गरेको छ ।

सन् २००४ मा लक्ष्मी बैंकले देशकै पहिलो कर्पोरेट मर्जरका रुपमा हाइसेफ फाइनान्सलाई गाभेको थियो । बैंकले जनवरी २०१७ मा प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेको छ ।

बैंकको सहायक कम्पनीहरु, लक्ष्मी लघुवित्त वित्तिय संस्था (घ वर्गको इजाजतपत्रप्राप्त लघुवित्त संस्था) तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड आफ्नो क्षेत्रमा सबल उपस्थिति जनाउन सफल भएका छन् ।

लक्ष्मी बैंक समूहको पौष २०७३ सम्ममा कूल सम्पत्ति ६४.८ अर्ब रुपैयाँ तथा खुद मुनाफा ४५.३ करोड रुपैयाँ रहेको छ । सबै प्रमुख वित्तीय परिसूचकहरु नियामक सीमा भित्रै छ ।

उक्त अवधिमा बैंकको निष्क्रिय कर्जा १.३१ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ७७.६९ प्रतिशत रहेको छ । बैंकले हाल कायम ३.१५ अर्ब चुक्ता पूँजीमा १ः१ को अनुपातमा हकप्रद शेयर तथा त्यसपछि १८.२९ प्रतिशत बोनस शेयर घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment