Comments Add Comment

आजबाट नेपालमा युरो-४ स्ट्याण्डर्डको तेल, पहिलेकोभन्दा के फरक ?


१९ चैत, काठमाडौं । नेपालमा अाैपचारिक रूपमै युरो-४ स्ट्यान्डर्ड डिजेल-पेट्रोलको बिक्री सुरु भएको छ । भारतले आफ्नो देशमा अाजैबाट पूर्णरुपमा युरो-फोरको तेल बिक्री सुरु गर्दैछ । त्यसैकारण एक महिनाभन्दा अघिदेखि नेपालमा पनि अनाैपचारिक रूपमा यूरो मापदण्डको तेल अाउँदै थियो ।

यसअघि  नेपालमा भारतबाट युरो-थ्री स्ट्याण्डर्डको तेल मात्रै आउने गरेको थियो ।  भारतले आफ्ना रिफाइनरीहरुबाट पूर्ण क्षमतामा युरो-फोर मापदण्डको तेल प्रोशोधन गर्न सुरू गरेकाले नेपालले पनि त्यसको लाभ पाउन लागेको हो ।

आलय निगमका प्रवक्ता सीतारम पोखरेलले आजबाट यूरो मापदण्डको तेत बिक्री सुरु भएको बताए । उनले यूरो मापदण्डको तेल बिक्री सुरु भएपनि मूल्य नबढ्ने स्पष्ट गरे ।

‘उपभोक्तालाई गुणस्तरीय तेल दिएपनि मूल्य बढ्दैन’,पोखरेलले भने, ‘अब यूरो फोर गुणस्तरको तेलले उपभाक्तालाई लाभ मिल्नेमा हामी विश्वस्त छौं ।’

भारतले सन् २०२० बाट युरो-सिक्स मापदण्डको तेल प्रशोधन गर्ने योजना बनाएको छ । अहिले देशभरका कच्चा तेलको प्रशोधन केन्द्रमा उसले युरो-फोर स्तरको तेल उत्पादन गर्न सुरू गरेको छ ।

के फरक छ यो तेलमा ? 

सवारीको धुवाँलाई कम गर्न सहयोगी हुने युरो-फोर गुणस्तरको तेलले न्यून परिमाणमा प्रदूषण उत्सर्जन गर्छ । यो सवाीका कारण हुने प्रदुषण घटाउन पनि प्रभावकारी हुनेछ ।

युरो-फोर मापदण्डको इन्धनमा सल्फरको कम हुन्छ । जसका कारण सवारीसाधनको कार्य क्षमता पनि बढ्छ भने प्रदुषण पनि यसले कम गर्न मद्दत गर्छ ।

यसले तेलकै कारण सवारीको इञ्जिनमा पर्ने असर पनि हटाउँछ र इञ्जिनको आयु पनि बढाउन सहयोग गर्छ । महत्वपूर्ण कुरा, युरो फोर मापदण्डको तेलमा ५० पीपीएमको सल्फर हुन्छ । जुन अहिले प्रयोगमा रहेको पेट्रोलमा १५० र डिजेलमा ३५० पीपीएम हुन्छ । सल्फरको मात्रा कम हुनु नै यसको महत्वपूर्ण विशेषता हो ।

भारतले केही समय अघिबाटै आफ्ना महत्वपूर्ण शहरहरुमा युरो-फोर गुणस्तरको तेलको बिक्री थालिसकेको थियो । नेपालले भारतबाट मात्रै पेट्रोलियम पदार्थ आयात गर्ने गरेको छ । वर्षमा झण्डै १ खर्ब रुपैयाँभन्दा बढीको तेल आयात हुने गरेको छ ।

अहिले भारतबाट मासिक ३२ हजार किलोलिटर पेट्रोल र १ लाख १७ हजार लिटरसम्म डिजेल आयात गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment