Comments Add Comment

‘वीर विक्रम २’ निर्माणको घोषणा, प्रियंका फाइनल


निर्देशक तथा निर्माता मिलन चाम्सले ‘वीर विक्रम’को सिक्वेल घोषणा गरेका छन् । यो बर्षको भदौमा रिलिज भएर हलमा राम्रो व्यापार गरेको यो चलचित्रले युटुबमा पनि दर्शकको राम्रो साथ पाइरहेको छ ।

सायद, यहि कुराले हौसिएर हुनसक्छ मिलनले आउँदो बर्षको मंसिरबाट छायांकनमा जाने चलचित्रको घोषणा गरेका छन् । चलचित्रलाई यम थापाले लेख्नेछन् । नायिकाको रुपमा प्रियंका  कार्की फाइनल भैसकेकी छिन् भने अन्य कलाकार तय गरिएको छैन ।

कथावस्तुलाई मजबुत बनाएर ‘वीर विक्रम २’ बनाउने मिलनको भनाई छ । चलचित्र ‘वीर विक्रम’मा दयाहाङ राइ, अर्पण थापा, अनुपविक्रम शाही, नाजिर हुसेन, दिया पुन लगायतका कलाकारको अभिनय थियो । दर्शकको निकै राम्रो साथ पाएको यो चलचित्र यो बर्षकै हिट प्रोजेक्टको रुपमा गनिन्छ ।

‘वीर विक्रम २’मा भने मिलनले प्रियंकालाई दिया पुनको स्थानमा रिप्लेस गराएका छन् । मिलनले नायिका कार्कीसँग हालैमात्र चलचित्र ‘ह्याप्पी डेज’मा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment