Comments Add Comment

बजार ५ प्रतिशतले बढ्यो, कारोबार आजलाई बन्द

२० चैत, काठमाडौं । सेयर  बजार खुलेको साढे दुर्इ घण्टा नबित्दै नेप्से ५ प्रतिशतले बढेपछि आजलाई कारोबार स्थगित गरिएको छ ।  आज बजारमा दुई पटक सर्किट ब्रेक लागेको हो । १ बज्न ३ मिनेट बाँकी रहँदा बजा ४ प्रतिशत बढेर यसदिनको लागि पहिलो सर्किट ब्रेक लागेको थियो ।

कारोबार खुलेको दुई घण्टा नबित्दै बजार ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।   पहिलो सर्किट ब्रेक पछि १ बजेर २७ मिनेटमा पुनः खुलेको बजार ६ मनिट मै ५ प्रतिशतले बढेपछि यस दिनको लागि कारोबार नै स्थगित गरिएको हो ।  ४ प्रतिशतले बजार बढ्दा आधा घण्टाको लागि कारोबार स्थगित गर्ने चलन छ ।

त्यस्तै,  चुक्ता पुँजी वृद्धिको नयाँ निर्देशनपछि बजारमा सूचीकृत अधिकांश बीमा कम्पनीको सेयर १० प्रतिशतको हाराहारीमा बढेको छ ।

राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ । यस अघि १० प्रतिशत मूल्य बढेपछि सो कम्पनीको कारोबार  त्यस दिनको लागि स्थगित गर्ने परिपाटी रहेपनि अहिले कारोबार रोक्ने चलन हटेको छ । सर्किट ब्रेक लागेका कम्पनीको पनि कसैले १० प्रतिशतभन्दा सेयर कारोबार गर्न चाहेमा भने गर्न सकिने व्यवस्था छ ।

त्यस्तै, प्राइम लाइफ, प्रिमियर, गुँरास लाइफको पनि सेयर मूल्य ९.९९ प्रतिशत बढेको छ ।  बीमा समूहको परिसूचक पनि ७ सय  ७३३ अंक ( करीब ९. ३४  प्रतिशत) बढेको छ । बीमासँगै लघुवित्त कम्पनीहरु, बिकास बैंकहरुको समेत मूल्य १० प्रतिशतले बढेको छ । यस दिन बजारमा कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ । अढाई घण्टाको कारोबारमा पनि बजारमा ९४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

नेशनल लाइफ एउटैको यसदिन १४ करोड रुपैयाँको कारोबार भएको छ । शतप्रतिशत हकप्रद प्रस्ताव गरिसकेको कम्पनीको यो सेयर जारी पछि नै बीमा समितिले तोके अनुसारको नयाँ चुक्ता पुँजी पुग्ने देखिन्छ ।

एफपीओ जारी गर्ने अनुमति मागेर बसेको शिखर इन्स्योरेन्सको पनि नयाँ मापदण्ड अनुसार चुक्ता पुँजी लगभग पुग्ने भएको छ । नयाँ लगानीकर्ताहरु बीमा प्रति आकर्षित हुँदा तुलनात्मक रुपमा कम प्रतिफल देखिएका यी कम्पनीको सेयर बेचेर बिक्रीकर्ताहरुले भने लाभ उठाएका छन् ।

यो पनि हेरौं  :

बीमा कम्पनीलाई चुक्ता पुँजीको नयाँ मापदण्ड, २०७५ सम्म निर्जीवनलाई १ अर्ब र जीवनलाई २ अर्बको सीमा

नयाँ बिमा कम्पनीको रुपमा आउन यी संस्था थिए तयार 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment