Comments Add Comment

पल र आँचलको केमेष्ट्री कति सुहायो ? (भिडियो)


गसिप बजारमा प्रेमको चर्चामा रहेका नायक पल शाह र नायिका आँचल शर्मा अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’को पहिलो गीत रिलिज गरिएको छ ।
आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पल र आँचललाई फिचर गरिएको ‘तिमी विना मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

योर स्टाइल पिक्चर्ससँग एजी इन्टरटेन्मेन्टले सहकार्य गर्दै यो चलचित्रको निर्माण गरिएको हो । सार्वजनिक गरिएको गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत छ ।

गीतको छायांकन भारतका विभिन्न स्थानमा गरिएको छ । गीतको लोकेशन उत्कृष्ट छ । गीतमा पल र आँचलको केमेष्ट्री गजबको देखिएको छ । नितिन चन्दले निर्देशन गरेको यो चलचित्रलाई एन्ड्रेउ पौडेलले निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्माता अजय मल्ल ठकुरी हुन् भने संजु शाह सह-निर्माता हुन् । चलचित्रमा केशव थापा र सरिता राँचलको कोरियोग्राफी, रुपेश थापाको छायांकन छ ।

यो चलचित्र जेठ १९ गतेबाट विश्वव्यापी रुपमा रिलिज हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । निर्देशक नितिन चन्दले आफू म्यूजिक भिडियो निर्माणबाट बाहिर आएर यो गीत निर्माण गरेको बताए । नायक पल शाहले चलचित्रमा आफू जोनीको रुपमा देखिएको र चलचित्र चलेपछि दर्शकले पलको ह्याङ विर्सने बताए ।
१ करोड भन्दा माथिको बजेटमा तयार भएको यो चलचित्रलाई लभ स्टोरी जनरामा निर्माण गरिएको बताइएको छ ।

पल र आँचलसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment