Comments Add Comment

बोल्ड एलिसा कति सुन्दर ?


आइतबार आयोजित एक चलचित्रको पत्रकार सम्मेलनमा मोडल एलिसा राई सुन्दर बनेर पुगिन् । उनले लगाएको पहिरनदेखि उनको स्टाइल तारिफ योग्य नै थियो । तर, सो कार्यक्रममा पुगेर पुरा अवधी बसेपनि आयोजकले उनको नाम समेत लिन आवश्यक ठानेन ।

एलिसा सो कार्यक्रममा पुग्नु पर्ने कारण पनि त्यती खुलेन । तर, उनलाई एउटा फाइदा भने भयो । मिडियामा उनको तस्बिर राम्रैसँग कैद भयो । तर, एलिसालाई कार्यक्रममा बोलाएर पनि उनको नाम समेत लिन आयोजकले किन आवश्यक ठानेन, त्यो आयोजकले नै जान्ने कुरा हो ।

एलिसा अहिले चलचित्रका आइटम गीतदेखि म्यूजिक भिडियोमा चलेकी मोडल हुन् । उनको खोजी युटुबमा धेरै गरिएको पाइन्छ । चलचित्र ‘लुट २’मा समावेश ‘ठमेल बजार’ बोलको गीतमा नृत्य गरेपछि उनी मिडियामा नोटिस भएकी हुन् । उनले अब, म्यूजिक भिडियोमा मोडलिङ गर्दा ख्याल गर्नुपर्ने देखिन्छ ।

चलचित्रकी नायिका भएर एलिसा उदाउँछिन् या उदाउँदिनन्, त्यो भोलीको कुरा हो । तर, कतिपयले भन्ने गरेका छन्-‘एलिसालाई छोटो समयमा पाएको सफलता सम्हाल्न मुश्किल परिरहेको छ ।’ चर्चा हुनु र त्यसलाई जोगाएर राख्न सक्नु फरक कुरा हो ।

तस्बिरः श्रीधर पौडेल

एलिसा राइसँग गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment