Comments Add Comment

‘पियार घुमाइदेऊ पोखरा’ भन्दै प्रियंकाको हट आइटम डान्स (भिडियो)


नृत्यमा पोख्त नायिका हुन् प्रियंका कार्की । उनी आफ्नो सबैभन्दा सबल पक्ष नै नृत्य भन्छिन् । चलचित्रको मुख्य नायिकादेखि आइटम गीतमा समेत नृत्य गर्न उनी पछि पर्दिनन् । उनै कार्कीले चलचित्र ‘तिम्रो मेरो प्रेम कहानी’ मा आइटम नृत्य गरेकी छिन् ।

गीतको भिडियो छायांकनको रिपोर्ट हेर्नुहोस्ः


नेत्र गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रलाई शकुन्तला रसाइलीले निर्माण गरेकी हुन् । मिना निरौलाको स्वर रहेको गीतमा रमन गायकको शब्द तथा संगीत छ ।


चलचित्रका मुख्य कलाकार सुरज आरडीसँग नायिका कार्कीले निकै दिल खोलेर नृत्य गरेकी छिन् । रामेश्वर कार्कीले चलचित्रलाई खिचेका हुन् । चलचित्रमा सुरज आरडी, विजयराज, सारिका केसीको मुख्य भूमिका छ । बालमन्दिर, नक्सालमा खिचिएको यो आइटम नृत्यलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । चलचित्रको प्रदर्शन मिति भने तोकिएको छैन ।

प्रियंका कार्कीसँग गरिएको ‘मस्ती टक’ को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment