+
+

वाचिम्ले लघु जलविद्युुतको सेयर खुला

रासस रासस
२०७३ चैत २४ गते १०:५०


२४ चैत, भोजपुर । भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरिएको छ ।

वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युुत स्थानीयको मागअनुसार सेयर खुल्ला गरिएको हो । सेयर लिन इच्छुकले न्यूनतम प्रतिकित्ता एकसयको १० कित्तादेखि एक हजार सेयर कित्तासम्म लिन पाउने भएका छन् ।

चालिस किलोवाट क्षमता रहेको परियोजना आगामी वैशाख मसान्तदेखि सञ्चालनमा आउने भएको हो । परियोजना निर्माणका लागि हाउजिङ एन्ड हाइड्रो कम्पनी प्रालिले  ७१ लाख ५१ हजारमा ठेक्का लिएर निर्माण कार्य थालेको छ । यतिबेला ठाउँठाउँमा पोल गाड्ने काम भइरहेको छ ।

सोलार र दाउराको उज्यालोमा बस्न बाध्य यहाँका स्थानीय विद्युत् आउने भएपछि निकै खुसी छन् । विद्युत विस्तार भएपछि स्थानीयस्तरमा रहेका कुटानीपिसानीसमेत सहज हुने र कुटानीपिसानीको खर्च समेत कम हुने स्थानीय प्रेम खवासले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?