Comments Add Comment

‘लेप्मुहाङको डुङ्गा’ को परिचर्चा

ललितपुर । वैदेशिक रोजगारीका क्रममा हाल कोरियामा रहेक साहित्य सिर्जना गर्दै आएका कवि पराजित पोमुको कवितासङ्ग्रह ‘लेप्मुहाङको डुङ्गा’ माथि अन्तरक्रिया गरिएको छ ।

अलग स्टडी सेन्टरले मंगलबार आयोजना गरेको परिचर्चा कार्यक्रममा कवि तथा प्राज्ञ श्रवण मुकारुङ, कविहरु धर्मेन्द्रविक्रम नेम्वाङ, प्रगति राई, स्वप्निल स्मृति र नाकिमा नाकिमले कृतिमाथि टिप्पणी गरेका थिए ।

मुकारुङले ‘लेप्मुहाङको डुङ्गा’ भित्रका कविताले लिम्बू जातिको सांस्कृतिक वैभव झल्काउने बताए । ‘लिम्बू संस्कृतिलाई बुझेपछि मात्रै पोमुका कविताहरु आफ्नो लाग्छ’, उनले भने ।

कवि धर्मेन्द्रविक्रमले बाइबलमा उल्लिखित सृष्टि प्रलयबाट मानव जातिलाई उद्धार गर्ने नोआको जहाज जस्तै लेप्मुहाङ पनि एक मुन्धुमी मिथक भएको सन्दर्भ जोड्दै अहिलेको संक्रमणकालीन विश्वलाई पनि त्यस्तै उद्धार चाहिएको बताए ।

अर्की वक्ता प्रगति राईले आफू कोरिया हुँदाको अनुभव बाँड्दै समय र स्थानले लेखनमा पार्ने असर पोमुका कवितामा पनि पाएको बताइन् । उनले कविलाई लेखनमा मौलिकता खोज्न पनि सुझाव दिइन् ।

कार्यक्रममा पोमुले सङ्ग्रहभित्रका केही कविता वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment