Comments Add Comment

यी ८ अवस्थामा हानिकारक हुनसक्छ, ‘बेसार-दुध’ सेवन

दुध र बेसारको आ-आफ्नै औषधिय महत्व छ । यी दुईको मिश्रण अझ स्वस्थ्यबर्द्धक हुन्छ । त्यसैले सुत्नुअघि नियमित रुपमा वेसार मिश्रति दुध पिउनु राम्रो मानिन्छ । दुधमा बेसार हालेर सेवन गर्दा यसमा रगतलाई पातलो बनाउने गुण हुन्छ ।  तर, के यो सबै किसिमको व्यक्तिको लागि उपायोगी होला ?

विज्ञहरु भन्छन्, सबैका लागि दुध र बेसारको मिश्रण उपयोगी हुँदैन । कतिपय स्वास्थ्य समस्यामा त यसले थप जटिलता ल्याउन सक्छ । कस्ता अवस्थामा बेसार र दुध मिसाएर पिउनु हुँदैन त ?

१. ग्याष्ट्रिक एवं एसिडिटीमा

जुन व्यक्तिलाई ग्याष्ट्रिक वा एसिडिटीको समस्या छ, उनीहरको लागि दुध र बेसारको मिश्रण उपयोगी हुँदैन । यसले उनीहरुमा थप समस्या पैदा गर्न सक्छ ।

२. जसले रगत पातलो बनाउने औषधी सेवन गर्छन्

बेसार र दुधमा रगत पातलो बनाउने गुण हुन्छ । यदि कसैले रगत पातलो बनाउने औषधी सेवन गरिरहेका छन् भने उनीहरुको रगत थप पातलो हुन्छ । र, त्यसले समस्या पैदा गर्न सक्छ ।

३. पित्ताशयको रोगीले

जुन व्यक्तिलाई पित्ताशयको समस्या हुन्छ, उनीहरुले दुध र बेसार सेवन गर्नु हुँदैन । किनभने यसले पित्तशैलीको समस्या थप बढाउँछ ।

४. जसको शल्यक्रिया भएको छ

शल्यक्रिया गरेका व्यक्तिले पनि दुध र बेसार पिउनु सहि हुन्न । यसले रक्तश्राव हुने संभावना हुन्छ ।

५. जसलाई मधुमेह छ

बेसार र दुधको मिश्रणले ब्लड सुगरलाई नियन्त्रण गरेर मधुमेहको औषधीको असर बढ्न सक्छ ।

६. जसलाई कलेजको समस्या छ

बेसार मिसाएको दुध पिउदा कलेजोमा बढी दबाव पर्छ । त्यसैले कलेजोको समस्या भएकालाई यसले थप समस्यामा पार्न सक्छ ।

७. छालाको समस्या भएकालाई

बेसार र दुधको मिश्रण सेवन गर्दा छाला रुखो एवं सुख्खा हुन्छ । त्यसैले छालाको समस्या भएकाहरुलाई यसले थप समस्यामा पार्न सक्छ ।

८. गर्भवती तथा मासिक श्रावको बेला

मासिक श्राव भएको बेला वा गर्भवती भएको अवस्थामा बेसार र दुध सेवन गर्दा रक्तश्राव हुने भय हुन्छ ।

कस्तो अवस्थामा पिउने त ?

सामन्य अवस्थामा दुध र बेसारमो मिश्रण एकदमै लाभदायक मानिन्छ । बेसार शुद्ध र जैविक हुनुपर्छ । त्यस्तै दुध पनि शुद्ध एवं ताजा हुनुपर्छ । तातो दुधमा एक चम्चा बेसार घोलेर पिउनुपर्छ ।

के छ फाइदा ?

– शरीरको विषाक्त पदार्थ प्राकृतिक तरिकाले हटाउने

–    पाचन यन्त्र चुस्त राख्छ ।

–    यसमा क्याल्सियम हुने भएकाले हड्डी बलियो बनाउँछ ।

–    अपच हुन दिदैन ।

–    अनिन्द्रामा उपयोगी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment