Comments Add Comment

पुननिर्माणको कामलाई तीव्रता दिन राष्ट्रपति भण्डारीद्वारा ध्यानाकर्षण

२५ चैत काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भुकम्पबाट क्षति पुगेका भौतिक संरचनाको पुननिर्माण कार्यलाई तदारुकताका साथ सम्पन्न गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएकी छन् ।

छैटौ घरजग्गा मेला-२०७३ को शुक्रबार राजधानीको भृकुटीमण्डपमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले २०७२ सालको भुकम्पबाट क्षतिग्रस्त भएका सार्वजनिक निजी भवन पुननिर्माणमा तदारुकता देखाउन सरोकारित निकायको ध्यनाकर्षण गराएकी हुन् ।

विगतबाट शिक्षा लिदै आवास भवन तथा अपार्टमेण्ट निर्माण गर्दा बैज्ञानिक ढंगले माटो परीक्षण गर्नुको साथै विज्ञहरुको प्रत्यक्ष निगरानीमा विद्यमान कानुनी मापदण्डलाई अनुसरण गर्न तर्फ पनि राष्ट्रपति भण्डारीले ध्यानाकर्षण गराएकी थिइन ।

राष्ट्रपति भण्डारीले अति विपन्न तथा सीमान्तकृत वर्गको लागि अघि सारिएको आवास कार्यक्रमलाई अझै प्रभावकारी र विस्तारित तुल्याउन सरोकारित पक्षलाई सचेत गराइन ।

उनले मुलुकमा घरवार विहिन हुनेको संख्या बढ्दै गएको तथा जनताको क्रय शक्ति घट्दै गएको अवस्थामा सरकारी तथा गैरसरकारी क्षेत्र दुवैले किफायति, भुकम्प प्रतिरोधी र व्यवस्थित आवास निर्माण गरी जनताको आवासको अधिकार स्थापित गर्ने अपेक्षा आफूले लिएको बताइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment