२५ चैत, काठमाडौं । एनआईसी एशिया बैंकको विभिन्न ५ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ उद्घाटन सम्पन्न भयो ।
ती शाखाहरु मध्ये बर्दघाटस्थित ८१ औं तथा तानसेन स्थित ८८औं शाखाको उद्घाटन एनआईसी एशिया बैंकका संचालकद्वय राजेन्द्रप्रसाद अर्याल एबम् श्री बिनोदकुमार प्याकुरेलले संयुक्त रुपमा गरे ।
लम्की स्थित ८४ औं तथा टिकापुर स्थित ८९औं शाखाको उद्घाटन हिमरावल तथा उद्योग वणिज्य संघका केन्दि्रय सदस्य गोपाल हमालले संयुक्त रुपमा गरे ।
हिले स्थित ८६ औं शाखाको उद्घाटन धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले गरे । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चँाडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4