२६ चैत, भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका -७ मा भएको सवारी दुर्घटना घटनाको प्रहरीले छानबिन गर्ने भएको छ ।
घटनाको विषयमा समाचार प्रकाशित भएपछि घटनाको छानबिन गर्नका लागि आफुले निर्देशन दिइसकेको पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालयका प्रमुख डआईजी मधुप्रसाद पुडासैनीले अनलाइनखबरलाई जानकारी दिए । उनले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेल बहादुर पाण्डेको संयोजकत्वमा छानबिन समिती गठन गरिएको र घटनामा कोही दोषी पाइए कारवाही हुने बताए ।
प्रहरीको जालझेलः दुर्घटना गराउने भान्जा, पक्राउ परे मामा ! शीर्षकमा अनलाइनखबरले समाचार प्रकाशित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4