Comments Add Comment

जान्नैपर्ने कुरा, तपाईको बच्चा किन डिप्रेसनमा पर्दैछ ?

‘डिप्रेसनः लेट्स टक’ । विश्व स्वास्थ्य संगठनले यस बर्ष ‘विश्व स्वास्थ्य दिवस’को अवसरमा तय गरेको नारा हो यो । डिप्रेसन संसारकै लागि ‘टाउको दुखाई’को बिषय बन्दैछ । डरलाग्दो त के भने, यसको प्रभाव बच्चाहरुमा देखिएको । ६ देखि १६ बर्ष उमेर समूहका बच्चा र किशोर डिप्रेसन ग्रस्त बन्दै गएका छन् । यसले परिवारलाई नराम्ररी बिचलित बनाइदिएको छ ।

पैसा कमाउने, करियर जोगाउने चक्करमा मानिसले आपसमा छलफल, कुराकानी गर्ने समय पाएका छैनन् । सम्बन्धहरु सतही हुदै गएका छन् । खासगरी बच्चाका लागि आमाबुवासँग समय छैन । बच्चाहरु एक्लिदै गएका छन् । यसले उनीहरुमा डिप्रेसन निम्त्याएको छ ।

अन्र्तक्रियाबाट हटेर इन्टरनेटमा

अभिभावक व्यस्त छन् । उनीहरुसँग छोराछोरीको ख्याल गर्ने फुर्सद छैन । छोराछोरी र अभिभावकबीच कुराकानी, अन्तरसंवाद हुन पाएको छैन । आफ्ना बच्चा के चाहन्छन् ? अभिभावकलाई बुझ्ने फुर्सद छैन । अभिभावकबाट बिमुख हुँदै गएका बच्चाहरु आफुलाई बहलाउन मोवाइल, टिभी, कम्प्युटरको सरणमा पुगेका छन् ।

सहोदरबीच बिकृत सम्बन्ध

समजमा के मान्यता छ भने, एउटा बच्चा हुर्किसकेपछि मात्र अर्को बच्चा जन्माउनुपर्छ । अभिभावकले उठाउने बोझ र तनावको हिसाबले यो सहि विधी हो । तर,  एउटा बच्चा हुर्केपछि अर्को जन्माउने क्रमले बच्चाहरुले आफ्नो साथी गुमाउदै गएका छन् । यदि उनीहरुबीच जन्मान्तर नहुदो हो त, साथी साथी जस्तै खेलेर, चलेर, उपि|mएर, रमाएर साथै हुर्कन्थे । तर, एउटा बच्चा हुर्केपछि अर्को बच्चा जन्माइन्छ, जसले उनीहरुबीच धेरै ग्याप रहन्छ ।

अहिले जन्मान्तर बढ्दो छ । एउटा बच्चा र अर्को बच्च बिचको उमेरमा लामो ग्याप छ । यसरी एउटै कोखबाट जन्मिएका बच्चाहरु पनि उमेरकै कारण आपसमा खेल्न, मिल्न पाएका छैनन् । साथै अभिभावकले दुई बच्चालाई तुलना गरेर हेर्ने र व्यवहार गर्ने प्रवृत्तिले पनि बच्चामा समस्या थपेको छ ।

बच्चासँग आफ्नो लागि समय छैन

अक्सर बच्चाहरु बिहान ६ बजे उठ्छन् । उठ्नसाथ उनीहरुमाथि अभिभावको नियन्त्रण सुरु हुन्छ । अभिभावककै रुटिन अनुसार उनीहरुको दैनिकी तय हुन्छ । बिहान उठ्नसाथ बिद्यालय जाने, बिद्यालयबाट फर्केपछि होमवर्क गर्ने, केहि छिन टिभी हेर्ने वा मोवाइल खेलाउने अनि रातीको खाना खाएर सुत्ने । यस्तो दैनिकीमा गुजि्ररहेका उनीहरुलाई आफ्नोलागि समय छैन । बच्चाहरुले आफ्नो मर्जी अनुसार खेल्न, खान, रमाउन पाएका छैनन् ।

शारीरिक वा बाहिरी खेलबाट बिमुख

पढ्ने चक्करमा र भर्चुअल खेलमै रमाउने प्रवृत्तिको कारण बच्चाहरुको शारीरिक गतिविधि शून्य हुँदै गएको छ । उनीहरु साथीसंगीसँग बाहिरी खेल खेल्दैनन् । यसले गर्दा उनीहरुमा जितको उल्लास र हारको अनुभूती हुन पाएको छैन । यहि कारण बच्चाहरुको सहने क्षमता पनि खिइदै गएको छ ।

रसायनिक असन्तुलन

अक्सर १२ बर्षपछि बच्चाको हर्मोन्समा बदलाव आउँछ । तर, अभिभावक र साथीसँग अन्तरसंवाद हुन नपाउँदा उनीहरुमा रसायनिक असन्तुलन हुन्छ ।

यसो गरे कसो होला ?

–    बच्चाका लागि समय छुट्याउने । निश्चित समय उनीहरुसँग खेल्ने, कुरा गर्ने । बच्चाहरुको कुरा सुन्ने र त्यसमाथि छलफल गर्ने । अभिभावकले अभिभावक होइन, साथीको रुपमा उनीहरुसँग समय व्यातित गर्ने ।

–    बच्चालाई टिभी, मोवाइल, कम्प्युटरमा सीमित अवधी मात्र खेल्न दिने । सकेसम्म उनीहरुलाई एक्लो हुन नदिने । अभिभावक भएको महसुष गराउने ।

–    बच्चामाथि दबाव सिर्जना नगर्ने । उनीहरुलाई सुकिलो बनाउने निहुँमा कोठामै कोचेर नराखौं, बाहिर खेल्न, हिँडडुल गर्न छाडिदिनुपर्छ । यस्तो महसुष गर्न सकोस्, कि म खुला एवं स्वतन्त्र छु ।

–    सकेसम्म बच्चालाई समान उमेरका साथीहरुसँग खेल्न दिने । उनीहरुको सर्कल बनाइदिने । साथीसँग खेल्ने क्रममा उनीहरुले टिभी, मोवाइल, कम्प्युटरलाई भुल्न सकोस् ।

–    बच्चालाई पढाउने चक्करमा उनीहरुलाई किताब र होमवर्क भन्दा बाहिर जानै नदिने प्रवृत्ति अभिभावकले त्याग्नै पर्छ । किनभने बच्चाले किताब वा स्कुलबाट जति ज्ञान आर्जन गर्छन्, त्यो भन्दा बढी खेलेर, हेरेर, अनुभव गरेर आर्जन गर्छन् । उनीहरुका लागि खेल्ने समय दिनुपर्छ ।

–    बच्चालाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास नगरौं । खाने, खेल्ने, पढ्ने कुरामा धेरै जबरजस्ती नगरौं ।

–    बच्चालाई दोस्रो बच्चासँग तुलना गर्दै नगरौ । किनभने कुनैपनि बच्चा अर्को बच्चासँग तुलना हुनै सक्दैन । उनीहरुको जन्मजात आफ्नै खुबी, क्षमता हुन्छ । बरु, आफ्नो बच्चामा के खुबी छ ? त्यो पहिचान गर्ने प्रयास गरौ ।

–    बच्चालाई राम्रो कुरामा प्रोत्साहित र पुरस्कृत गर्ने गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment