+
+

माहुली लघुवित्तको सेयर ७ वैशाखदेखि

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २८ गते ११:०८


२८ चैत, काठमाडौं । माहुली सामुदायिक लघवित्त वित्तीय संस्थाको सेयर बिक्री बैशाख ७ गतेबाट सुरु हुने भएको छ । कम्पनीको सेयर बिक्री चाँडोमा बैशाख ११ गते र ढिलोमा बैशाख २१ गते बन्द हुने भएको छ ।
कम्पनीको सेयरमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड, सनराइज बैंकका शाखाहरु, माहुली लघुवित्तका शाखाहरुबाट आवेदन दिन सकिनेछ । कम्पनीको सेयरमा आवेदन दिदा न्युनत्तम ५० कित्ता र अधिकत्तम ६ सय कित्ताको लागि माग गर्न सकिने छ । कम्पनीको कुल १ लाख २० हजार कित्ता सेयरमध्ये १ लाख ९ हजार कित्ताको लागि मात्र आवेदन दिन सकिनेछ । बाँकी सेयर कर्मचारी र सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।
कम्पनीले सेयर जारी गरेसँगै चुक्ता पुँजी ४ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले क्रमिक रुपमा २०७५/७६ मा चुक्ता पुँजी १० करोड पुग्ने उल्लेख गरेको छ । यसो भएमा पहिलो बर्ष ५० प्रतिशत, दोस्रो वर्ष ३३ प्रतिशत र तेस्रो वर्ष २५ प्रतिशतको दरमा बोनस वा हकप्रद पाउने सम्भावना बलियो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?