+
+

मेसीको गोलमा अर्जेन्टिना विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते १०:४६

काठमाडौं । कप्तान लिओनल मेसीको एक मात्र गोलमा अर्जेन्टिनाले विश्वकप छनोटमा विजयी सुरुआतत गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० ले पराजित गरेको हो ।

विश्व विजेता अर्जेन्टिनाको लागि मेसीले खेलको ७८ औ मिनेटमा फ्रिकिकमार्फत गोल गरे । यस जितपछि अर्जेन्टिनाले ३ अंक जोडेको छ ।

शुक्रबार नै भएको अन्य खेलमा कोलम्बियाले भेनेजुयलालाई १-० ले पराजित गरेको छ भने पाराग्वे र पेरुले गोलरहित बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?