+
+

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते ११:०६

२२ भदौ, दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका-२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरी रहेका छन् ।

बिहीबार राति बाटो छेउँमा मसलाको रुखले बिजुलीको तार चुँडालेको र सडकमा लत्रिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही ल्याइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?