२९ चैत, काठमाडौं । नेपाल बंगलादेश बैंकको बैशाख ७ गतेबाट १० बराबर ८ अनुपातमा हकप्रद सेयर जारी हुन लागेको छ । बैशाख १० गतेसम्म खुला रहने सेयर निष्कासनमा चैत १६ गतेसम्म स्वामित्व हुनेले मात्र आवेदन दिन सक्नेछ ।
बैंकको हकप्रद निष्कासनपछि चुक्ता पुँजी ७ अर्ब २२ करोड रुपैयाँ पुग्ने छ । बैंकले १० प्रतिशत बराबर बोनस सेयर दिएमा राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्नेछ ।
बैंकको सेयरमा बैंककै शाखा कार्यालयहरु र सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलको जमल स्थित कार्यालयबाट आवेदन दिन सकिनेछ ।
गत पुसमा भने बैंकले ५४ करोड नाफा कमाएको थियो । बैंकको निक्षेप संकलन ४१ अर्ब रुपैयाँ र कर्जा लगानी ३६ अर्ब रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ सय ६४ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4