Comments Add Comment

वस्तुगततर्फको उपाध्यक्षमा गोल्छा समूहका उमेशलाल श्रेष्ठ विजयी

२९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । अनुपकुमार मल्ल र शंकरप्रसाद पाण्डेलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

उनले ४७ मत पाएका छन् । उनी गोल्छा प्यानलबाट उम्मेदवार थिए । किशोरकुमार प्रधानको प्यानलबाट भने पाण्डे उम्मेद्वार थिए । उनले ३८ मत ल्याए भने  पाण्डेले ११ मत पाए ।

श्रेष्ठको जितसँगै वस्तुगततर्फ गोल्छा प्यानल बलियो देखिएको छ ।

वस्तुगत तर्फको केन्द्रीय सदस्यमा गोल्छा प्यानलका ८ जना विजयी भएका छन् । किशोर प्यानलका ४ जना वस्तुगत कार्यकाररिणी सदस्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment