मुम्बई । सन्नी लियोनीको पोर्नस्टार छबि अझै मेटिएको छैन । तर, पनि भारतीय दर्शकले उनलाई स्वीकार्दै आएका छन् । केबल चलचित्रको पर्दामा मात्रै हैन, सामाजिक गतिविधीमा समेत उनको सक्रियता लोभलाग्दो छ । आइपीएल-१० मा नायिका सन्नी लियोनी र कमेडियन सुनील ग्रोवर एकसाथ उपस्थित हुने खबरले क्रिकेटप्रेमी दर्शक उत्साहित छन् ।
आउँदो १३ अपि्रलमा कोलकाता र पञ्जाबमा हुने म्याचका लागि सन्नी लियोनी र सुनील ग्रोवरले कमेन्ट्री गर्ने भएका छन् । ‘यस्तो कम्बो कँही देखिएको थिएन ।
फूल अन मसला पाइने भयो ।’ एक फ्यानले ट्वीट गर्दै भनेका छन् । ‘अब हरेक म्याच अघिल्लो भन्दा रोचक हुन्छ ।’ अर्का फ्यानले उस्तै ट्वीट गरेका छन् ।
यसअघि आइपीएलमा पि्रती जिन्टा र सैफ अलि खानले कमेन्ट्री गरेका थिए । कपिल शर्मासँग भएको झगडाको कारण सुनील ग्रोवर चर्चामा छन् । झगडापछि सुनील कपिलको शोमा सहभागी भएका छैनन् । झगडा परेपछि कपिल शर्माले लेखेका थिए ‘पाजी मलाई माफ गर । मैले अञ्जानमा दुःखी बनाँए । तिमी राम्रोसँग जान्दछौ कि म तिमीलाई कति प्रेम गर्छु । म पनि दुःखी छु । तिमीलाई हमेशा प्यार एवं सम्मान गर्छु ।’
जवाफमा सुनीलले लेखे ‘भाई जी । तपाईले गहिरो चोट दिनु भयो । तपाईसँग काम गरेर धेरै कुरा सिकेँ । मात्रै एउटा सल्लाह दिन्छु । जनावरको अतिरिक्त मान्छेलाई पनि सम्मान गर्न सिक्नुस् ।’
प्रतिक्रिया 4