Comments Add Comment

बैशाख पहिलो साता ६ अर्ब रुपैयाँको विकास ऋणपत्र र ५ अर्ब ट्रेजरी बिल


१ बैशाख, काठमाडौं । राष्ट्र बैंकले बैशाख ४ गते ५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल्स र बैशाख ५ गते ६ अर्बको विकास  ऋणपत्र जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले ३ अर्ब रुपैयाँको ९१ दिने र २ अर्ब २५ करोड रुपैयाँको १ सय ८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो । यी रकम मध्ये १५ प्रतिशत रकम प्रतिपर्धा गर्न नसक्ने बालकबोल कर्ताको लागि सुरक्षित राखिएको छ । यसअघि जारी ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ०.३८ कायम भएको थियो ।

त्यस्तै, राष्ट्र बैंकले नेपाली नागरिक सहित सबैले खरिद गर्न सक्ने गरि ६ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्न लागेको हो । यसको ब्याज दर भने बोलकबोलबाट निर्धारण हुनेछ । यसको सावा २०७९ बैशाख ६ गते भुक्तानी गरिनेछ । व्याज भने अर्धबार्षिक रुपमा भुक्तानी गरिने भएको हो । प्रतिस्पर्धा गर्न नसक्नेको लागि १ अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ ।

विकास ऋणपत्रमा आवेदन दिदा न्युनत्तम ५० हजार रुपैयाँको आवेदन दिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment