Comments Add Comment

भगवानले बनाएको जीउ हो, जीवनशैली फेरौं: मनिषा कोइराला (भिडियोसहित)

नयाँ वर्षमा मनिषा कोइरालाको हेल्थ टिप्स

मैले सन् २०१२ मा मलाई क्यान्सर भएको थाहा पाएँ । त्यसपश्चात सबैभन्दा राम्रो ठाउँमा जचाएँ । अमेरिकाको सबैभन्दा राम्रो चिकित्सकबाट आˆनो स्वास्थ्य फिर्ता लिएँ । तर, मेरो जीवनशैली परिवर्तन नगरेको भए म के असुरक्षित हुन सक्दिनथेँ ? के त्यो क्यान्सर फेरि बल्झन सक्दैनथ्यो ?

त्यसैले मैले क्यान्सरबाट के सिकें भने आफ्नो स्वास्थ्यलाई चाहिँ हामी आफैंले हेर्नुपर्छ । किनभने स्वास्थ्य भएन भने हामीले जीवनको कुनै कुराबाट पनि लाभ लिन सक्दैनौं । हामीले गुणस्तरीय जीवन प्राप्त गर्न सक्दैनौं । यो कुरा मैले पाएँ ।

यो सिकेपछि मलाई जहाँ गए पनि, जहाँ बसे पनि स्वास्थ्यको महत्वबारे बोल्न मन लाग्छ ।

आफ्नो जीवनशैलीलाई स्वस्थ राख्नका लागि धेरै ठूलो कुरा गर्नुपर्दैन । बुझ्नलाई धेरै पर पनि जानु पदैन ।

सानो-सानो कुराहरुले हाम्रो स्वास्थ्यलाई ठीक राख्न सक्छ । जस्तो कि  ८/९ घण्टा राम्रोसित आराम गर्ने, सुत्ने, पौष्टिक आहार खाने, व्यायाम गर्ने  । व्यायाम भन्ने वित्तिकै जीममै गएर व्यायाम गर्ने मात्र हैन, हामी हिँड्न सक्छौ । सिँढीमा तलमाथि गर्न सकिन्छ ।

यो भगवानले बनाएको जीउ हो । यसलाई सक्रिय राख्न सकिन्छ । प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ ।

धेरै साना-साना कुरा गर्न सकिन्छ । एकैपटक ठूलै काम गर्नु पर्छ भन्ने जरुरी छैन ।

हामीकहाँ के पनि चलन छ भने नयाँ वर्षमा हामी ठूल्ठूला कुरा गर्ने प्रतिवद्धता त जनाउँछौ । तर, त्यसलाई लागु गर्दैनौ ।  त्यसैले, म के आग्रह गर्छु भने सानो-सानो परिवर्तन ल्याउनुहोस्, जुन तपाई वर्षभरि कायम राख्न सक्नुहुन्छ ।

र, हामी सरोकारवाला तथा नागरिकका तर्फबाट नीति निर्माणकर्तालाई हामी जवाफदेही बनाउनेछौं ।

स्वास्थ्य हामी हरेक नागरिकको एउटा अधिकार हो । हामीले सरकारलाई जवाफदेही बनाउन जरुरी छ  । साथै, यो हाम्रो पनि उत्तरदायित्व हो ।

म चाहन्छु, हामी सबैले यो सन्देश, यो कार्यक्रमलाई घरमा लिएर जाऔं । नयाँ वर्षको उपलक्ष्यमा हामी आजदेखि प्रतिवद्धता जनाऔं कि हामी स्वस्थ्य रहन्छौं  ।

(शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अभिनेत्री कोइरालाबाट व्यक्त विचार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment