Comments Add Comment

कस्तो धातुमा पकाएको खाना हानिकारक ?

खानपान स्वास्थ्य हुनुपर्छ, पोषिलो हुनुपर्छ । त्यसैले हामी खानेकुारकामा वढी सजग हुन्छौ । तर, खानेकुरा पकाउने र खाने भाँडा वर्तनको बारेमा ख्याल राख्दैनौ ।

स्वास्थ्य खानपानका लागि खानेकुरा मात्र होइन, पकाउने र खाने भाँडावर्तन पनि विशेष हुनुपर्छ ।

पीत्तल-पीतलको भाडामा खाना पकाउनु एवं खानु सामन्यतः पुरानो समयमा बढी गरिन्थ्यो । यसले नुन र अम्लको प्रतिक्रिया गराउँछ, त्यसैले धेरै नुनिलो खानेकुरा यस्तो भाँडामा पकाउनु हुँदैन । अन्याथा फुड प्वाइजन हुन सक्छ ।

तावा- विगतमा तावाको भाँडा वर्तनको पनि धेरै प्रयोग गरिन्थ्यो । पित्तलमा पनि अम्ल र नुनको प्रतिक्रिया हुन्छ । केहि पटक पकाइएको भोजनमा अग्र्यानिक एसिड भाँडासँग प्रतिक्रिया गरेर धेरै कपर पैदा गर्छ, जो अस्वास्थ्यकर हुन्छ ।

एल्मुनियम-एल्मुनियमको भाँडाबर्तन सबैजसो घरमा प्रयोग गरिन्छ । गमीमा एल्मुनियमाको अणु चाडै नै सक्रिय हुन्छ र एल्मुनियम चाडै तातिन्छ । एल्मुनियमको भाँडाबर्तनामा खाना पकाउनु हानिकारक हुन्छ । यसले पनि अम्लसँग रासयनिक प्रतिक्रिया गर्छ ।

स्टेनलेस स्टिल

स्टेनलेस स्टिलको प्रयोग अहिले निकै व्यापक छ । यो एक मिश्रति धातु हो, जसमा कार्बन, क्रोमियम मिलेर बनेको हुन्छ । यसमा खाना पकाउँदा खासै असर गर्दैन ।

फलाम- यसको भाँडाबर्तनमा खानेकुरा पकाएर खानु अस्वास्थ्यकर हुँदैन । यसमा खाना पकाउँदा खानेकुरामा आइरनको मात्रा स्वत बढ्छ ।

ननस्टिक- ननस्टिकको अर्थ हो न टाँसिने । यस्तो भाँडाबर्तनमा खाना नटाँसिने भएकाले धेरै तेल, घिउको प्रयोग गर्नुपर्दैन । यद्यपी धेरै तताउँदा यस्तो भाँडाले रसायन उत्सर्जन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment