Comments Add Comment

साँझ भन्दा बिहान विद्युत् माग बढी

बैशाख, काठमाडौँ  । साँझको समय जस्तै बिहान पनि विद्युतकाे माग उच्च हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार साँझकै हाराहारीमा नै बिहान पनि विद्युत् माग बढी हुने गरेको र व्यवस्थापनका लागि उत्तिकै सचेतताको जरुरी रहेको छ ।

बिहानको समयमा प्रणालीमा कूल ८ सय ९५ मेगावाट विद्युत् माग हुने गरेको छ । साँझको समयमा करिब ९ सय ५० मेगावाटदेखि एक हजार २ सय मेगावाटसम्म विद्युत् माग हुने गरेको छ ।

साँझको माग तलमाथि हुने भए पनि बिहानको माग भने एकैप्रकारको हुने पछिल्लो तथ्याङ्कले देखाएको छ । प्राधिकरणले साँझको माग व्यवस्थापनलाई समन्वय गरेर अगाडि बढाएको छ ।

तर, बिहान उद्योग धन्दा, कलकारखाना तथा अन्य व्यावसायिक क्षेत्रमा समेत विद्युत् आपूर्ति गर्नुपर्ने हुँदा साँझ भन्दा बिहान बढी व्यवस्थापन गर्नुपरेको जनाएको छ ।

साँझ उद्योग धन्दालाई विद्युत् उपलब्ध गराइदैन । साँझ ६ बजेदेखि १० बजेसम्म औद्योगिक कोरिडोरमा विद्युत् कटौती गरेर ग्रार्हस्थ प्रयोजनका लागि पठाइन्छ ।

तर,बिहान ग्रार्हस्थ तथा औंद्योगिक फिडरमासमेत समान रुपमा विद्युत् जाँदा लोड व्यवस्थापनमा नयाँ अनुभव प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साँझको समय भन्दा बिहानको समयको माग व्यवस्थापन अनुभवका हिसाबले नयाँ एवम् जटिल भएकाे बताए । ‘तर प्राधिकरण जटिलताबाट नै अगाडि बढेको छ, हामी सफल भएका छौ’ कार्यकारी निर्देशक घिसिङकाे भनाइ छ ।

कुल विद्युत् मागमध्ये दुई तिहाइ भन्दा बढी काठमाडौँ उपत्यकामा नै रहेको छ । यस्तै सहरी तथा औद्योगिक क्षेत्रको माग पनि कूलग्रार्हस्थ माग भन्दा बढी रहेको छ ।

भारप्रेषण केन्द्रकाअनुसार दिउँसो भने ८ सय मेगावाटको हाराहारीमा माग रहेको छ । सामान्य अवस्थामा सात सय मेगावाट विद्युत् माग हुने गरेको छ ।

यस्तै प्राधिकरणको केन्द्रीयप्रसारण लाइनमा प्राधिकरणको आफ्नै उत्पादन ३ सय ३६ मेगावाट, आन्तरिक रुपमा प्रवद्र्धकबाट १ सय ९० मेगावाट, भारतबाट ३ सय १४ मेगावाट उपलब्ध छ । प्राधिकरणको प्रणालीमा ३ सय ६० मेगावाट विद्युत् कम रहेको छ ।

प्राधिकरणको कूल ग्राहस्थग्राहक २७ लाख ९६ हजार ६२१ छन् । गैर व्यापारिक ग्राहक १७ हजार ७ सय २३, व्यापारिक १७ हजार १ सय ९१, उद्योग ४३ हजार ६ सय ३९ र अन्य ग्राहक ९४ हजार ३ सय ९३ रहेका छन् ।

प्राधिकरणले तीन हजार ७४६ मेगावाट विद्युत् बिक्री गरेको छ । त्यसबाट रु ३२ अर्ब २१ करोड बराबरको आम्दानी गरेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment