+
+
Shares

रिलिज अगाडि नै बाहुबली २ ले बनायो तीन ठूला रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३ गते १६:५७

बलिउडमा यतिबेला सबैभन्दा प्रतिक्षित फिल्म हो बाहुबली-२ । यो फिल्मले भारतमा अहिलेसम्मका सबै व्यापारिक रेकर्डहरु तोड्ने अनुमान गरिएको छ ।

त्यसको संकेत अहिले नै देखिइसकेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार रिलिज हुनुअगावै फिल्मले तीन वटा रेकर्ड आफ्नो नाममा गरिसकेको छ ।

राजामौली निर्देशित यस फिल्मले बनाएको पहिलो रेकर्ड हो, भारतमा सबैभन्दा धेरै स्क्रिनमा रिलिज हुनु । यो फिल्म २६ हजार ५ सय स्क्रिनमा रिलिज हुँदैछ । यसअघिको रेकर्ड पनि बाहुबलीकै पहिलो संस्करणले कायम गरेको थियो । सो फिल्मले ४ हजार स्त्रिmन पाएको थियो ।

दोस्रो ठूलो रेकर्ड हो, रिलिज हुनुअगावै ५ सय करोडको कमाई । यो फिल्म थुप्रै भाषाहरुमा रिलिज हुन गइरहेको छ जसका लागि वितरकहरुले पैसा दिइसकेका छन् । हिन्दी भर्सनका लागि मात्रै एक सय २० करोड रुपैयाँ दिइएको छ जसलाई करण जौहरले हिन्दीभाषी क्षेत्रमा लैजानेछन् । यसैगरी तमिल भर्सनका लागि ४७ करोड रुपैयाँ, कर्नाटका भर्सनका लागि ४५ करोड रुपैयाँ, केरला भर्सनका लागि १० करोड रुपैयाँमा वितरण अधिकार दिइएको छ । यसका अलावा तेलुगु भाषाको वितरण अधिकार १ सय ३० करोड रुपैयामा दिइएको छ ।

फिल्मले बनाएको तेस्रो रेकर्ड हो, ट्रेलर भ्यूज । ट्रेलर रिलिज भएको २४ घन्टाभित्र यसले ५ करोड भ्यूज पाएको थियो । यसमा रजनिकान्तको कबाली, आमिर खानको दंगल र शाहरुख खानको रइसलाई बाहुबलीले उछिनेको छ । रजनिकान्तको कवालीको ट्रेलर अहिलेसम्म ४ करोड ५० लाख पटक हेरिएको छ । त्यसलाई बाहुबलीले एक दिनमै पछाडि पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?