Comments Add Comment

दीपिकाले कसरी पाएकी थिइन शाहरुखको हिरोइन बन्ने अवसर ?

शाहरुख खान, अमिताभ बच्चन जस्ता ठूला स्टारसँग काम गरेकी दीपिका पादुकोण अहिले आफैं एक चर्चित कलाकार हुन् ।

सन २००८ मा बनेको हिन्दी फिल्म ‘ओम शान्ति ओम’वाट हिन्दी चलचित्रमा प्रवेश गरेकी दीपिका पहिलो पटक हिमेश रेशमियाको फिल्ममा काम गर्ने तयारीमा थिइन् । दीपिका हिमेशको फिल्ममा काम गर्ने मनस्थितीमा रहेको वेला निर्देशक फराह खानसँग उनको भेट भयो । फराहले उनलाई तत्कालै भनिन् ‘यदि अडिसनमा पास भयौ भने म तिमीलाई मुख्य भुमिकामा अभिनय गराउछु ।’ त्यसपछि दीपिका ओम शान्ति ओमको प्रतिक्षामा बसिन् ।

‘विसलिंग बुडस’का छात्रासँग कुरा गर्दै फराहाले दीपिकामा मोर्डन हेमा मालिनीको जस्तै क्षमता भएको बताइन् । तर, दीपिकामा भाषाको समस्या भने निकै थियो ओम शान्ति ओममा काम गराउदा ताक ।

फराह भन्छिन् ‘दीपिकाको भाषा कन्नड थियो । उनको आवाज पनि अजिब थियो । हामीले निकै मुस्किलका साथ ‘ओम शान्ति ओम’मा डबिंग गराएका थियौं ।

‘अहिले उनले भाषामा सुधार गरेकी छिन् म निकै खुसी छु ।’ उनले भनिन् ।

शाहरुखको साथ रोमान्टिक सिन दिएपछि फराहकै कारण एकदिन दीपिका रोइन् । उनी रोएपछि मेकअप बिगि्रयो । फेरि मेकअप गर्न थप चार घण्टा लाग्यो । फराह भन्छिन् ‘मैले त्यही दिन थाह पाएँ हिरोइनलाई कहिल्यै गाली गर्न हुँदो रहेनछ । हिरोइनलाई गाली गरेपछि आफ्नै समय सत्यानाश हुन्छ ।’

‘शीला कि जवानी’मा गरेको डान्सले सर्वत्र चर्चा पाएकी कटि्रना कैफलाई पनि फराहले नै चर्चामा ल्याएकी हुन् । मैले उनलाई काम गराउनु अघि भनेको थिँए, म तिमीलाई यस्तो डान्स दिन्छु, जसको कारण तिम्रो सँधै चर्चा हुन्छ ।’

शिलाको जवानीका लागि कटि्रनाले पहिलो दश दिन बेली डान्स सिकेकी थिइन् र डाइटिङ पनि गरेकी थिइन् ।

२५ वर्ष अगाडी ‘जो जीता वही सिकन्दर’ वाट फिल्म उद्योगमा प्रवेश गरेकी फराह अहिले कोरियोग्राफीका लागि पारिश्रमिक लिन्नन् । ‘म प्राइसलेश हुँ केबल साथीका लागि कोरियोग्राफी गर्छु ।’

जतिवेला उनले एउटा गीतमा काम गरे वापत ३० देखि ४० रुपैंया पाउथिन् । उनले सोच्थिन् ‘म एउटा गीतको १० हजारको दरले कम्तिमा महिनामा चार गीत गर्छु ।’ उनले अहिलेसम्म कोरियोग्राफी गरे वापत सबै भन्दा धेरै २१ लाख रुपैँया पाएकी छिन् । उक्त रकम शाहरुख खानले ‘बिल्लु बार्बर’को एउटा गीतमा कोरियोग्राफी गरेवापत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment