+
+
Shares

निमको रुखबाट बियर निस्किएपछि… !

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ४ गते १२:०८


रुखले हामीलाई ताजा अक्सिजनका साथै फल, फूल तथा घाँस दिन्छ । तर के कुनै रुखले बियर दिएको सुन्नुभएको छ ?
रुखबाट खोँटो निस्किएको त सुनिएकै हो, तर भारतमा भने एउटा निमको रुखबाट बियर निस्किरहेको छ । राजधानी नयाँदिल्लीको दिल्ली युनिभर्सिटीस्थित नर्थन क्याम्पसमा रोपिएको एक निमको रुखबाट बियर निस्किरहेको छ ।

केही समय पहिले देखिनै उक्त रुखबाट बियर जस्तै स्वाद आउने पदार्थ निस्किरहेको थियो । उक्त पदार्थ पिउँदा बियर पिए जस्तै नशा लाग्ने बताइएको छ । दिल्ली विश्वविद्यालयको हाताभित्र रहेका कारण बियर उत्पादन गर्ने उक्त रुख हेर्न विद्यार्थीहरुको भिड हुने गरेको छ । यो रुखले दिनमा १० लिटर जति बियर उत्पादन गर्ने गरेको छ । रुखले बियर उत्पादन गरिरहेको खबर सार्वजनिक भएसँगै बाहिरका मानिसहरु समेत बियर संकलन गर्नका लागि भाँडाकुँडा लिएर उक्त निमको रुखसम्म पुग्ने गरेका छन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?