Comments Add Comment

एमाले ललितपुरले सिफारिस गर्‍यो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

४ बैशाख, ललितपुर । नेकपा एमालेले ललितपुर महानगरपालिका बाहेक अधिकांश स्थानीय तहका उम्मेदवारको नाम सिफारिस गरेको छ ।

७ बुँदे मापदण्ड अनुसार स्थानीय तहस्तरीय कमिटिले उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरिएको जिल्ला कमिटीका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले बताए ।

एमाले महालक्ष्मी नगर कमिटीको बैठकले मेयरमा किशोर केसी, रामेश्वर श्रेष्ठ, सूर्यबहादुर थापा, शैलेन्द्र राउत र हरिगोविन्द श्रेष्ठको नाम सिफारिस गरेको छ भने उपमेयरमा उमा दाहाल, उर्मिला दाहाल, गंगा दाहाल, निर्मला थापा, प्रगति डंगोल, मिरा केसीको नाम सिफारिस गरेको छ ।

गोदावरी नगरपालिकाको प्रमुखमा गोमा घिमिरे, चेतनाथ सञ्जेल, पुरुषोत्तम आचार्य, मिठाराम केसी, रघुनाथ महर्जन, श्यामकृष्ण सिलवालको नाम सिफारिस गरेको छ भने उपप्रमुखमा अन्नपूर्ण बस्नेत, तारा सञ्जेल, सरिता केसी, अम्विका बस्नेतको नाम सिफारिस गरेको छ ।

यस्तै महाँकाल गाउँपालिकाबाट प्रमुखमा अमृतनाथ तिमल्सिना, नवराज महत, बिमला दुलाल, रामचन्द्र दाहाल, गाेविन्द बजगाई, रामकुमार सिङताङ, श्याम बजगाईको नाम सिफारिस भएको छ भने उपप्रमुखमा कमला तामाङ, कमला तिमल्सिना, गोमा घिमिरे, रेनुका बजगाईको नाम सिफरिस भएको छ ।

वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे, नवराज सञ्जेल र रामहरी घिमिरेको नाम सिफारिस भएको छ भने उपप्रमुखमा विमला लामिछाने मगर, डोल्मा कुमारी स्याङतान, सरस्वती दाहालको नाम सिफारिस भएको छ ।

यस्तै कोन्ज्योस्योम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको एकल नाम सिफारिस भएको छ । उपप्रमुखमा मिनु घिमिरे हुमागाई, राधा न्यौपाने, सुस्मिता दुलाल, विष्णु तामाङ, सपना वलको नाम सिफारिस भएको छ ।

महानगरका मेयरमा केपी ओलीका सालाको दाबी

नेकपा एमालेले महानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाका उम्मेदवारहरु यसअघि नै सिफारिस गरिसकेको छ । महानगरपालिकाका उम्मेदवारहरुको सिफारिस बैशाख ३ गते जिल्ला कमिटी बैठकले गर्ने भने पनि अझै टुंगो नलागेको एमाले स्रोतले जनाएको छ ।

ललितपुर महानगरपालिकाको प्रमुखमा हरिकृष्ण बेन्जनकार र उपप्रमुखमा सुकुमाया लामाको नाम सिफारिस हुने सम्भावना छ । मेयरका दाबेदार प्रेम महर्जनले हरिकृष्णलाई समर्थन गरिकसकेका छन् । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीका साला ज्ञानेन्द्र शाक्यले पनि मेयरमा दाबी गरेका छन् ।

ललितपुर माहानगरपालिकाका २९ वटा वडाका अध्यक्षको नाम पनि सिफारिस गरिसकेको प्रचार बिभाग प्रमुख तिमिल्सिनाले बाए ।

ललितपुर महानगरका प्रस्तावित वडाध्यक्ष उम्मेदवार
१.रमेश महर्जन
२. राजेशकुमार महर्जन
३. श्रीगोपाल महर्जन, पदमबहादुर शाक्य र राधेश्याम चुईचुई
४. नारायण केसी
५. विकासमान श्रेष्ठ
६. पूर्णमान शाक्य
७. चन्द्र महर्जन र पूर्णबहादुर महर्जन -सिफारिस निर्णय हुन बाँकी)

८. किरण महर्जन, सानुकाजी महर्जन
९. कृष्ण महर्जन, श्याम व्यञ्जनकार
१०. अष्टमान महर्जन, कुल बहादुर आचार्य, श्यामकृष्ण अमात्य
११. इन्द्रमान महर्जन
१२. श्याम महर्जन र नारायण अवाले -सिफारिस निर्णय हुन बााकि)
१३. राजु बोगटी
१४.नौराज राई र ऋषि गजुरेल 
१५. बाबुरत्न महर्जन, राजेन्द्र श्रेष्ठ, रुद्रबहादुर केसी, सुदर्शन मिश्र, डा.माधव कोक्ष्राला, रामजी दाहाल
१६. काजीरत्न शाक्य, चिरिकाजी महर्जन, पवन ताम्राकार
१७. विनोद श्रेष्ठ
१८. नारायण खड्का, पुरुषोत्तम खड्का, बबिता थापा, माधव खड्का, रामकुमार केसी, लिलादेवी भट्टराई, शालिकराम कुावर, शिवराम खड्का
१९. विनोद ताम्राकार, दिपक श्रेष्ठ, रिद्धिमान शाक्य, शान्ति जोशी
२०. अशोक महर्जन, रत्न महर्जन
२१. मदनकृष्ण डंगोल
२२. प्रेमभक्त महर्जन, जीवन केसी
२३. भयुकाजी महर्जन, रामशरण दाहाल, सुदर्शन केसी
२४. उत्तम पौडेल, दिनेश कार्की, महेशकुमार गिरी, हरिशरण गिरी
२५. विष्णुकुमार कार्की, विश्वकेश रिसाल, शशीकुमार कार्की
२६. अशोक महर्जन, कुमार थापा, रामगोपाल महर्जन, श्यामकृष्ण महर्जन, हरिमाधव महर्जन
२७. बद्री महर्जन र मुकेश महर्जन
२८. चैनगोपाल महर्जन
२९. गणेशकुमार महर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment