Comments Add Comment

गरिब भनेको झोँकमा स्न्यापच्याट ह्याक गरे भारतीय ह्याकरले

भारतीय ह्याकरहरुले १७ लाख स्न्यापच्याट प्रयोगकर्ताको अकाउन्ट ह्याक गरी डाटा सार्वजनिक गरिदिएका छन् । अज्ञात ह्याकरहरुले लाखौँ प्रयोगकर्ताका डाटा डीप वेबमा पोष्ट गरिदिएको दाबी गरेका छन् ।

स्न्यापच्याटका सिइओले भारतलाई गरिब देश भनेको बदलामा आफुहरुले त्यस्तो काम गरेको ह्याकरहरुले बताएका छन् ।

यद्यपि स्न्यापच्याटले भने ह्याकिंगको दाबीको खण्डन गरेको छ । साथै कम्पनीले आफ्ना सिइओको बचाउ गर्दै स्न्यापच्याट केवल धनी व्यक्तिहरुका लागि रहेको र भारत तथा स्पेन जस्ता देश गरीब रहेको भनेर कहिल्यै नभनेको पनि जिकिर गरेको छ ।

उता स्न्यापच्याटका सिइओको भारत गरीब गरेको भन्ने भनाई पश्चात भारतीयहरुको झोँक भने शान्त भएको छैन । एप्पल स्टोरमा स्न्यापच्याट एपको रेटिंग फाइभ स्टारबाट घटेर सिंगल स्टारमा झरेको छ । भारतीय टि्वटर प्रयोगकर्ताहरुले  #UninstallSnapchat तथा #BoycottSnapchat   जस्ता अभियान चलाइरहेका छन् । करीब २० लाख भारतीयहरुले स्न्यापच्याटको एप अनइन्स्टल गरिसकेको बताइएको छ ।

उता स्न्यापच्याटका प्रवक्ताले भनेका छन् : स्न्यापच्याट सबैका लागि हो । यो पूरै विश्वमा डाउनलोड गर्नका लागि निशुल्क छ । जुन वक्तव्यको कुरा भैरहेको छ उसलाई एक असन्तुष्ट पूर्व कर्मचारीले आफ्नो तर्फबाट आरोप लगाएको हो । हामी भारत तथा पूरा विश्वका स्न्यापच्याट प्रयोगकर्तासँग आभारी छौँ ।

सन् २०१५ मा एक आन्तरिक बैठकमा स्न्यापच्याटका मालिक इवान स्पिगेलले भारतमा यसको वृद्धिदर कम रहेको भन्ने एक कर्मचारीको सवालमा स्न्यापच्याट एप केवल धनी मानिसहरुका लागि मात्र रहेको र भारत तथा स्पेनजस्ता गरीब देशमा विस्तार गर्न नचाहेको भनी जवाफ दिएको भन्ने खबर हालै सार्वजनिक भएपछि त्यसले भारतमा निकै आक्रोस बढाएको छ ।

विश्वमा स्न्यापच्याट प्रयोगकर्ताको संख्या ३० करोड छ । हरेक सेकेण्ड ३० हजार फोटो यो एपमार्फत आदानप्रदान हुन्छन् । भारतमा स्न्यापच्याटका प्रयोगकर्ता ४० लाख छन् ।

स्मरण रहोस् सन् २०१३ मा पनि ह्याकरहरुले ४६ लाख स्न्यापच्याट अकाउन्टका डाटा ह्याक गरेका थिए ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment