Comments Add Comment

आदित्यनाथको आचारसंहिताः मन्त्रीहरु ठेकेदारसँग टाढै बस

मन्त्रीले ५ हजार भन्दा महंगो उपहार लिन नपाइने


भारतको सबैभन्दा ठूलो प्रदेश उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रशासन सुधारका लागि आफ्ना मन्त्रीहरुलाई कडा आचारसंहिताले बाँधेका छन् ।

आदित्यनाथले पछिल्लो समय सुशासन कायम गर्न सबैको ध्यान आकृष्ट हुने गरी नयाँ नयाँ योजना अघि सारिरहेका छन् । उनको आचारसंहितामा केही रोचक र मन्त्रीहरुले पालना गर्न निकै कठिन हुनेखालका बुँदाहरु समेत राखिएका छन् ।

आदित्यनाथले मन्त्रीहरुका लागि जारी गरेको आचारसंहिताको सार यस्तो छ-

– मन्त्रीहरुले ठेक्का पट्टावाल र नातेदरसँग टाढै रहनु पर्नेछ ।
– पाँच हजार रुपैया भन्दा माथि मूल्य पर्ने उपहार लिन पाइने छैन ।
– महँगा भोजतेरबाट मन्त्रीहरु टाढा रहनु पर्नेछ ।
-शासकीय काममा बाधा पर्ने कुनै पनि ऋण लिन पाइने छैन ।
– सरकारी भ्रमणका क्रममा होटलमा भन्दा निजी वा सरकारी गेष्ट हाउसमा रहनुपर्नेछ ।
-हरेक वर्ष ३१ मार्चसम्म सबै मन्त्रीले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्नेछ ।
– मन्त्री बन्नुभन्दा पहिलेको आय र व्यवसाय के थियो भन्ने बताउनुपर्नेछ ।

भारतीय सञ्चारमाध्यमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment