Comments Add Comment

‘रातो घर’को ट्रेलरमा विल्सनको कमेडी, संयमको गम्भिरता


जेठ १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रातो घर’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको ट्रेलर र चर्चामा रहेको ‘झकास झापाली’ बोलको गीतको भिडियो देखाइएको थियो ।

सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको यो चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, संयम पुरी, मेनुका प्रधान, अनुराग कुँवर, विकेश श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । आइटम गीतमा भने मोडल माला लिम्बुले नृत्य गरेकी छिन् ।

सुरज सुब्बा, विल्सन विक्रम र निकेश लिम्बुले मिलेर यो चलचित्र बनाएका हुन् । कार्यक्रममा बोल्दै विल्सनले ‘रातो घर’, भित्र पनि आकर्षक बनेको बताए । निर्देशक ‘नाल्बो’ले लागूपदार्थ दुव्र्यसनीको कथामा बनेको यो चलचित्रलाई आफूले मनदेखि निर्माण गरेको बताए ।

कार्यक्रममा उपस्थित कलाकार सुनिल थापाले चलचित्र नराम्रो लागेको खण्डमा आफूलाई गाली गर्न आग्रह गरे । उनले, चलचित्रको मुख्य नायक विल्सन रहेको पनि सुनाए ।

चलचित्रको विदेशका विभिन्न देशमा शो गरेर लगानी उठाइसकेको निर्देशक तथा निर्माता सुब्बाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment