Comments Add Comment

शुल्क घटाउन विद्यार्थी संगठनद्वारा तीन दिनको अल्टिमेटम

५ बैशाख, काठमाडौं । निजी विद्यालयहरुले बढाएको शुल्क तत्काल घटाउन विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

विभिन्न विद्यार्थी संगठनहरुले मंगलबार संयुक्त रुपमा शिक्षा मन्त्री धनिराम पौडेललाई ज्ञापन पत्र बुझाउदै तीन भित्र शुल्क घटाउन पहल गरिदिन माग गरेका हुन् ।

यस अघि सर्वाेच्च अदालतले समेत सम्बन्धित निकायबाट पूर्ण स्वीकृत नगराई कुनै पनि शुल्क लिन नपाइने, एक पटक निर्धारण गरेको शुल्क तीन वर्षसम्म बढाउन नपाइने र तीन वर्षसम्म बढाउन स्वीकृती समेत दिन नमिल्ने आदेश दिए पनि त्यसको अवज्ञा गर्दै शुल्क बढाइएको आरोप विद्यार्थीहरुले लगाएका छन् ।

अनेरास्ववियु, नेविसंघ, अखिल -क्रान्तिकारी), तराई मधेस विद्यार्थी फ्रन्ट, अनेरास्वियु (छैटौं), राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ, अनेरास्ववियु (पाँचौ) र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै संविधानले व्यवस्था गरेको शिक्षाको मौलिक अधिकारको समेत बेवास्था गरिएको भन्दै शुल्क तत्काल घटाउन माग गरेका हुन् ।

शिक्षा क्षेत्रमा हुने गरेको ब्यापारिकरण बन्द गरी अबको तीन दिन भित्र शुल्क नघाटाइए विद्यार्थी संगठनहरुले कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment