Comments Add Comment

भान्जा भनेपछि हुरुक्कै हुन्छन् सलमान, हेर्नुस तस्वीर

उमेर छिप्पिइसके पनि बलिउड अभिनेता सलमान खान अहिलेसम्म अविवाहित छन् । उनले कहिले विहे गर्ने हुन् भन्ने कुनै ठेगान छैन । तर, उनी बच्चा भनेपछि हुरुक्कै हुन्छन् ।

पछिल्ला दिनमा सामाजिक सञ्जालमा सलमान एक बच्चालाई लाडप्यार गरिरहेका तस्बिरहरु फैलिएका छन् । यी बच्चा हुन् सलमानकी बहिनी अर्पिताका छोरा अर्थात सलमानका भान्जा अहिल ।

सँधै फिल्मको काममा व्यस्त रहने सलमान अहिलका लागि भने जहिलेसुकै समय निकाल्छन् । उनी आफ्नै छोराजसरी अहिलको हेरविचार गरिरहेका हुन्छन् । सलमान जहाँ जाँदा पनि अहिललाई सँगै लैजान्छन् । हालै उनी कपाल काट्न सैलुन गएका थिए । त्यहाँ पनि अहिललाई सँगै देखियो ।

हालै मात्र अहिलको जन्मदिन मनाउन सलमान आफ्नो सारा काम थाँति राखेर माल्दिभ्स पुगेका थिए, त्यो पनि आफ्नी गर्लफ्रेण्ड  यूलिया वन्तुरलाई लिएर ।

भान्जाप्रतिको यस्तो प्रेमले सलमानमा बच्चाको चाह बढ्दै गएको जस्तो पनि लाग्छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment