Comments Add Comment

हिमालतर्फको उडान ३० प्रतिशतले बढ्यो, तराईका उडान साँझमा गर्ने तयारी


६ बैशाख, काठमाडौं । पर्यटकहरुको चाप बढेसँगै विमान कम्पनीहरुको हिमालतर्फको उडान पनि ह्वात्तै बढेको छ । हिमालतर्फको उडानमा अहिले लुक्ला विमानस्थलमा सबैभन्दा बढी उडान हुने गरेको त्रिभुवन बिमानस्थलले जनाएको छ ।

लुक्ला विमानस्थलमा दैनिक ६० देखि ७० वटासम्म उडान हुने गरेको छ । त्यस्तै पर्यटकहरुको गन्तब्यको रुपमा रहेको पोखरामा पनि अहिले उडानको चाप बढेको छ ।

हिमालतर्फकेा उडान ह्वात्तै बढेपछि तराईतर्फका उडान प्रभावित हुन थालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर भन्छन् ‘पर्यटक बढेसँगै हिमालतर्फको उडान ह्वात्तै बढेको छ जसका कारण तराईका उडान प्रभावित भएका छन् अब तराईका उडानहरु सकभर साँझमा गराउने तयारीमा रहेका छौं । ‘

त्रिभुवन विमानस्थलले अहिले रात्रीकालीन समयमा पनि ल्यान्डिङ फेसिलिटी रहेका तराई क्षेत्रका विमानस्थलका लागि ४ बजेपछि उडान भराउने तयारी गर्दैछ ।

ठाकुरले भने ‘रात्रीकालीन समयमा पनि ल्यान्डिङ फेसिलिटी रहेका ठाउँमा केहि विमान राती उडाउने र केही दिउसो उडाउने व्यवस्था गर्नका लागि भोलि बिमान कम्पनीसँग छलफल गर्दैछौं । ‘

अहिले त्रिभुवन विमानस्थलले के कति बिमानहरु रातीको समयमा उडान गराउन सकिन्छ भनेर अध्ययन गर्दैछ । कुन विमानस्थलमा कुन विमानको कति पटक उडान छ भन्ने जानकारी लिएपछि विमानहरुको उडानको टुङ्गो लगाउने ठाकुर बताउँछन् ।

ठाकुरका अनुसार भैरहवा, नेपालगञ्ज, विराटनगर जस्ता विमानस्थलमा अहिले रात्रीकालीन समयमा पनि ल्यान्डिङ गर्न मिल्छ ।

किन बढ्यो चाप

गत वर्षको तुलनामा यसपाली हिमाल आरोहण गर्ने आरोहीको संख्या हृवात्तै बढेको छ । सगरमाथासहित विभिन्न हमाल चढ्न तथा हिमाली क्षेत्रमा पदयात्रा गर्न जाने पर्यटक बढेका का छन् ।

पर्यटन विभागका अनुसार यो वर्ष ३४ टिमका ३ सय २८ जनाले सगरमाथा आरोहणको अनुमति पाएका छन् । अन्य हिमाल आरोहण गर्ने पर्यटकको संख्या पनि बढेको छ । यो वर्ष हिमाल चढ्नका लागि अहिलेसम्म ६७ वटा टोलीले अनुमति लिइसकेका छन्, जसमा ५ सय ९६ जना आरोही रहेका छन् ।

पर्यटन बिभागका प्रवक्ता दुर्गादत्त ढकालले हिमाल आरोहण गर्ने मात्रै नभएर समग्र पर्यटकको संख्या पनि बढेको बताए । हिमालको दृश्यावलोकन गर्न चाहने पर्यटक पनि अत्यधिक छन् ।

वर्षका दुई सिजनमा आरोहीहरु हिमाल आरोहणका लागि नेपाल आउने गरेका छन् । पहिलो सिजन मार्चदेखि मेसम्म हुन्छ भने दोस्रो सिजन सेप्टेम्बरदेखि डिसेम्बरसम्म हुन्छ । भूकम्प गएको वर्ष सगरमाथा चढ्न राजश्व तिरेर पनि रोकिएका आरोहीहरु अहिले आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment